क्लोप वर्ष प्रशिक्षक घोषित « Khabarhub

क्लोप वर्ष प्रशिक्षक घोषित


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रिमियर लिग च्याम्पियन लिभरपुलका प्रशिक्षक योर्गन क्लोप वर्ष प्रशिक्षक घोषित भएका छन् । सोमबार लिग म्यानेजर एसोसियसनले क्लोपलाई वर्ष प्रशिक्षक घोषित गरेको हो ।

प्रिमियर लिगका प्रशिक्षकहरुको संस्थाले हरेक वर्षको लिगको सिजन सकिएपछि एक जना उत्कृष्ट प्रशिक्षकलाई सम्मानित गर्दै आएको छ ।

क्लोपले ३० वर्षपछि लिभरपुललाई प्रिमियर लिग उपाधि दिलाएका हुन् । उनकै नेतृत्वमा लिभरपुलले यो सिजनको प्रिमियर लिगको उपाधि उचालेको हो । म्यान्चेस्टर युनाइटेडका पर्व प्रशिक्षक सर एलेक्स फर्गुसनिले क्लोपले वर्ष प्रशिक्षकको उपाधि पाउने योग्य व्यक्ति भएको प्रतिक्रिया दिएका छन् ।

यो सिजनको च्याम्पियन बनेको लिभरपुलले ७ खेल बाँकी हुँदै च्याम्पियन बनेको थियो । क्लोप सन् २०१५ मा जर्मन बुन्डेसलिगाको डर्टमन्डबाट प्रिमियर लिगठ क्लब लिभरपुलको प्रशिक्षकको जिम्मेवारीमा बेलायत आएका थिए ।

उनी आउँदा लिभरपुल लिगको मध्य तालिमा रहेपनि यो सिजनमा उनले क्लबलाई च्याम्पियन बनाउन सफल भएका हुन् । अघिल्लो सिजनमा क्लोपको टिम युइएफए च्याम्पियन्स लिगको ट्रफी उचालेको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ३ : १२ बजे

यी हुन रास्वपाले तय गरेका संसदीय समितिका सभापतिहरू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा अन्तर्गतका संसदीय

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेन– युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा परी कम्तिमा १४ जनाको

सीजीले ल्यायो वर्ष २०८३ का लागि नयाँ अभियान : ‘एक्सपेरिएन्स लाइफ विद सीजी’

काठमाडौं–  सीजीले नयाँ वर्ष २०८३ को आगमनसँगै नयाँ वार्षिक ब्रान्ड

चौथो कर्णाली चलचित्र कार्यशाला वैशाख ८ देखि सुर्खेतमा हुने

सुर्खेत– कर्णाली प्रदेशमा चलचित्र उत्पादन र कथा विकासलाई प्रोत्साहन गर्ने

पार्टी कार्यालयमा धर्ना दिएका दुई नेतृलाई राप्रपाले सोध्यो स्पष्टीकरण

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को अनुशासन समितिले दुई नेतालाई स्पष्टीकरण सोध्ने