क्रिकेटर सन्दीपले गराए कोरोना परीक्षण « Khabarhub

क्रिकेटर सन्दीपले गराए कोरोना परीक्षण


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले कोरोना परीक्षण गराएका छन् । मंगलबार सन्दीपले सानेपास्थित स्टार अस्पतालमा कोरोना परीक्षण गराएका हुन् ।

लामिछानेका व्यवस्थापक रहेका रमन सिवाकोटीले भने, ‘सन्दीपले आज स्टार अस्पतालमा कोरोना जाँच गराएका हुन् । रिर्पोट भोलि (बुधबार) आउँछ ।’

क्यारेबियन प्रिमिरय लिग (सिपीएल) खेल्न जाने तयारीमा रहेका लामिछानेले आज कोरोना जाँच गराएका हुन् ।

सिपीएल खेल्न जाने तयारी गरिरहेका लामिछाने जाने नजाने निश्चित भने भइसकेको छैन । यद्यपि व्यवस्थापक सिवाकोटीले लामिछाने सिपीएल खेल्न जाने प्रक्रियामा रहेको बताएका छन् ।

लगातार तेस्रो संस्करणको सिपीएल खेल्ने तयारीमा रहेका लामिछाने यो वर्ष जमैका तल्लावार्जबाट खेल्नेछन् । यो वर्षका लागि तल्लावार्जले लामिछानेलाई १ करोड ३० लाख नेपालीमा टोलीमा आवद्ध गरेको छ ।

सिपीएल अगस्ट १८ देखि सुरु हुँदैछ ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ४ : ०८ बजे

विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक

बागमतीमा सरकार टिकाउन तीन दलबीच नयाँ समझदारी, मन्त्रालय ८ भन्दा नबढाउने

काठमाडौं- बागमती प्रदेश सरकार सञ्चालनका लागि नेपाली कम्युनिस्ट पार्टी, नेकपा

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू

‘सरकारको कार्यशैलीमा प्रश्न गर्न सत्तापक्षका सांसदलाई कुनै रोकतोक छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले वरिष्ठ नेता वालेन्द्र