दाहाल-नेपाल समूहको बैठकलाई प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले दिए भेलाको संज्ञा « Khabarhub

दाहाल-नेपाल समूहको बैठकलाई प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले दिए भेलाको संज्ञा


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आजको नेकपा स्थायी कमिटी बैठकलाई भेलाको संज्ञा दिएका छन् ।

उनले प्रधानमन्त्री तथा नकेपाका अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमै बसेको अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको बैठकलाई भेलाको संज्ञा दिएका हुन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा दुईवटा तस्वीर राख्दै लेखका छन्-

बैठक स्थगित पछि ..बालुवाटारका राेचक दृश्यहरू !

दुई जना अध्यक्षहरूबीच परामर्श र गृहकार्य गर्न बाँकी रहेकाे यथार्थका आधारमा नै बैठक स्थगित गरिएकाे थियाे । आखिर  बैठक त हुन सकेन नै । भेला यस्तै निष्कर्षमा पुगेर निष्कर्षविहीन ।

आजको बैठकमा दाहालले स्थायी कमिटीको बैठक भन्न नहुने भन्दै बहुमत सदस्यको स्थायी कमिटी बैठक भन्नुपर्ने धारणा राखेका थिए ।

उनले ओलीले एकपक्षीय रुपमा बैठक स्थगित गर्नु अनुचित भएको धारणा राखेका थिए ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ६ : ०२ बजे

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

 काठमाडौं– भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली

आजको कार्टुन : आईसीयू होइन, युट्युबरको स्टुडियो

काठमाडौं- भोटेकोशीमा आएको बाढीमा परी घाइते भएका बिरामीको अन्तर्वार्ता लिन

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

एजेन्सी– बङ्गलादेशको एक अदालतले पूर्वसत्ताधारी दल आवामी लिगका सात वरिष्ठ