चेल्सीका समर्थकद्वारा फुटबल प्रशिक्षक खड्गी सम्मानित « Khabarhub

चेल्सीका समर्थकद्वारा फुटबल प्रशिक्षक खड्गी सम्मानित


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिग क्लब चेल्सीको नेपाली अधिकारिक समूह चेल्सी नेपाल अफिसियल स्पोर्टर्स क्लबले पूर्व फुटबलर तथा प्रशिक्षक सल्यान खड्गीलाई सम्मान गरेको छ।

समूहले एन्फा कम्प्लेस सातदोबाटोमा भएको कार्यक्रमबीच खड्गीलाई सम्मान गरेको हो।

चेल्सी नेपालले खड्गीलाई चेल्सी क्लबका सम्पूर्ण खेलाडी तथा प्रशिक्षकले हस्ताक्षर गरेर पठाएको जर्सी हस्तानतरण गरेको हो। उनलाई जर्सी अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले हस्तान्तरण गरेका हुन्।

प्रशिक्षक खड्गीले यस प्रकारको सम्मानले युवा प्रशिक्षकहरुलाई थप उर्जा प्राप्त हुने बताए।

उनले भने,’ हामी जस्तो पिछडिएको मुलुकका प्रशिक्षकहरुलाई यस प्रकारको सम्मान पाउँदा थप उर्जा मिलेको छ ।’

त्यसैगरी अखिल नेपाल फुटबल संघ(एन्फा)का अधक्ष कर्मा छिरिङ्ग शेर्पाले विदेशी क्लब र समर्थकले नेपाली फुटबललाई देखाएको समर्थन देखेर उत्साहित भएको बताए ।

प्रशिक्षक खड्गीले गत साता मात्र एएफसी ए लाइसन्स कोचिङ कोर्स पूरा गरेका थिए। उनी प्रशिक्षकको रुपमा संकटा क्लबमा रहँदा क्लब २०७५ शहीद समराक ए डिभिजन लिगमा दोस्रो भएको थियो।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ६ : २२ बजे

उपराष्ट्रपति यादव र कोशी प्रदेश प्रमुख खापुङबीच भेट

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले आज

विश्वकप सुरु हुनै लाग्दा पसलमा जर्सी किन्नेको घुइँचो (तस्बिरहरू)

काठमाडौं– फुटबलको महाकुम्भ फिफा वर्ल्डकप २०२६ आज जुन ११ देखि

विश्वकपको माहौलमा गोकुल बास्कोटाको कटाक्ष : इटाली त एमाले भइगो

काठमाडौं– विश्वकप फुटबलको रौनक नजिकिँदै जाँदा राजनीतिक नेताहरू पनि आफूले

बजेटमाथि अमरेशकुमार सिंहको कडा टिप्पणी : ‘डरले शासन चल्छ तर विकास सम्भव छैन’

काठमाडौं– प्रतिनिधिसभामा आर्थिक वर्षको बजेटमाथि छलफलका क्रममा सांसद अमरेश कुमार सिंहले सरकारले

पाकिस्तानद्वारा अमेरिका-इरान तनावमा मध्यस्थता प्रयास जारी

इस्लामाबाद–  पाकिस्तान र इरान र संयुक्त राज्य अमेरिका बीच बढ्दो