स्याङ्जाका थप १६ प्रहरीमा कोरोना संक्रमण « Khabarhub

स्याङ्जाका थप १६ प्रहरीमा कोरोना संक्रमण


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा- जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत थप १६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार साँझ कोरोना पुष्टि भएका स्याङ्जाका २५ जनामध्ये १६ जना प्रहरी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

सुरुमा साउन ६ मा ३ जना प्रहरीमा संक्रमण पुष्टि भएको थियो । गत सोमबार जिल्ला प्रहरी प्रमुखसहित १८ जनामा संक्रमण पाइएको थियो ।

स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माका अनुसार मंगलबार जिल्लाका १ सय १९ जनाको रिपोर्ट आउँदा २५ जनामा संक्रमण देखिएको छ ।

हालसम्म प्रहरी कार्यालयमा ३७ प्रहरी, एक शिशु र एक जना थुनुवामा पनि कोरोना पुष्टि भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए ।

सुरक्षा निकायका व्यक्तिहरुलाई नै कोरोना संक्रमण भएपछि स्याङ्जाको सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।

सार्वजनिक सवारी बन्द गरेर अत्यावश्यक बाहेकका काममा बाहिर ननिस्कनको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आग्रह गरेको छ ।

यो पनि पढौं

स्याङ्जाका २५ सहित गण्डकी प्रदेशमा थपिए ३१ संक्रमित 

 

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ९ : ५६ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान