अगष्ट १ बाट नेपालसहितका २० देशको उडान खुला गर्ने कुवेतको निर्णय « Khabarhub

अगष्ट १ बाट नेपालसहितका २० देशको उडान खुला गर्ने कुवेतको निर्णय



दोहा – कोरोना भाइरसको महामारीपछि हवाइ उडान बन्द गरेको कुवेतले अगष्ट १ बाट नेपालसहितका २० देशको अन्तर्राष्ट्रिय उडान सुचारू गर्ने निर्णय गरेको छ ।

नागरिक उड्डयन निर्देशनालयका अनुसार कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालित एयरलाइन्सले नेपालसहित युएई, बहराइन, ओमान, लेबनान, कतार, जोर्डन, इजिप्ट, बोस्निया उडान गर्नेछन् ।

यसैगरी हर्जेगोविना, श्रीलंका, पाकिस्तान, इथियोपिया, संयुक्त अधिराज्य, टर्की, इरान, स्विजरल्याण्ड, जर्मनी, अजरबैजान, फिलिपिन्स र भारतमा उडान गर्ने कुवेतको हवाई परिवहन यातायात विभागका निर्देशक अब्दुल्लाह अल-राजीले जानकारी दिएका छन् ।

एयरलाइन्सहरुको समय तालिका र उडान समय पनि यथाशक्य छिटो घोषणा गरिने जनाइएको छ । उडानमा गर्ने सबै यात्रुहरूलाई स्वास्थ्य प्रक्रिया र निर्देशनहरू पालना गर्न आह्वान गरिएको छ ।

कुवेतमा कार्यरत नेपाली श्रमिकहरुले घर फिर्तीको लागि टिकट नपाएको तथा पाए पनि महँगोमा टिकट खरिद गर्नु परेको गुनासो गरिरहेको बेला कुवेतले उडान सूचारु गर्न लागेपछि सहज हुने अपेक्षा गरिएको छ । कुवेतमा करिव ५० हजार नेपाली श्रमिक कार्यरत रहेको बताइन्छ ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ८ : १३ बजे

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर

करिब १ सय २१ किलो चरेससहित दुईजना पक्राउ

मकवानपुर– थाहा नगरपालिका-१० टौखेलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब १

सबै समुदायको समन्वयले मात्र राष्ट्रिय एकता सम्भव : प्रदेश प्रमुख खापुङ

काठमाडौं– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सबै जातजाति र

चुनावमा दलित किन फेरि किनारामा ?

काठमाडौं– नेपालको कूल जनसङ्ख्यामा दलित समुदायको हिस्सा करिब १३ प्रतिशत