दक्षिण कोरियाको डढेलो नियन्त्रणको प्रयास जारी « Khabarhub

दक्षिण कोरियाको डढेलो नियन्त्रणको प्रयास जारी


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दक्षिण कोरिया– दक्षिण कोरियाको पूर्वी भेगमा एक जनाको ज्यान लिएको डढेलो नियन्त्रण गर्नका लागि हजारौँ अग्निनियन्त्रकहरु लागिपरेका छन् । बिहीबार बेलुकीबाट दक्षिण कोरियाको पूर्वी भेगमा अवस्थित गाङ्ग्वन प्रान्तमा सल्केको डढेलो नियन्त्रणमा अग्निनियन्त्रकहरु लागि परेका हुन् ।

डढेलो निभाउन ३० भन्दा धेरै सैनिक हेलिकोप्टरका साथै १६ हजार भन्दा धेरै सैनिक तथा ९ सय भन्दा धेरै दमकलको सहायताबाट ३ हजार भन्दा धेरै अग्निनियन्त्रकहरु परिचालन गरिएको छ ।

५२५ हेक्टरमा डढेलोबाट एक जनाको ज्यान जानुका साथै २ हजारभन्दा धेरै विस्थापित भएका छन् । डढेलोले करिब २ सय घर, गोदाम र अन्य पूर्वाधारमा क्षति पुगेको बताइएको छ । त्यस्तै डढेलोलाई ध्यानमा राख्दै ५० भन्दा धेरै विद्यालय बन्द गरिएको छ ।

दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले डढेलो नियन्त्रणका लागि आवश्यक श्रोत साधन परिचालन गर्न निर्देशन दिएको दक्षिण कोरियाको राष्ट्रपति कार्यालय ब्लू हाउसले जनाएको छ ।

डढेलो हाल गाङ्ग्वन प्रान्तको सोक्चो र गाङ्गियुन शहरसम्म पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अग्निनियन्त्रकको प्रयासपछि सोक्चो शहर नजिकको डढेलो नियन्त्रण गरिएको र गाङ्गियुन शहर नजिकको डढेलो पनि आंशिक रुपमा नियन्त्रणमा लिइएको बताइएको छ । यद्यपि पूर्ण रुपमा डढेलो नियन्त्रणको प्रयास भने जारी राखिएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  ६ : ४६ बजे

रुस–युक्रेन युद्ध अन्त्यका लागि वार्तामा बस्न पोप लियोको आग्रह

रोम– पोप लियो चौधौँले रुस र युक्रेनलाई वार्तामा बसेर मतभेद समाधान

के छ संसदमा प्रस्तुत भएको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयकमा ?

काठमाडौं- प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक २०८३

दुई दशकपछि इराकबाट अमेरिकी सेना फिर्ता, इरानको प्रभाव बढ्ने

काठमाडौं- अमेरिकाले इराकमा रहेको आफ्ना अन्तिम सैन्य आधार शिविरबाट बुधबारसम्म

ओलीको चेतावनी- पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन 

काठमाडौं – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अराजकता, अनुशासनहीनता र

बाढी–पहिरोबाट अवरुद्ध एनटीसीका १३० साइट अझै सञ्चालनमा आएनन्

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका