सुन प्रकरण : एसएसपीको संयोजकत्वमा छानबिन समिति « Khabarhub

सुन प्रकरण : एसएसपीको संयोजकत्वमा छानबिन समिति


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । प्रहरीले मंगलबार काठमाडौंको कमलादीबाट आधा किलो सुनसहित साढे १४ किलो चाँदी र दुईथान पेस्तोल बरामद् गर्‍यो ।

प्रहरीले सुन चाँदी र हतियार बरामद गरे पनि सामान बोक्न प्रयोग गरिएको गाडी भने उम्किन सफल भयो ।

यो घटनामा कसरी गाडी उम्कन सफल भयो भन्ने प्रश्न उठेपछि प्रहरीले अहिले वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी)को नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलका अनुसार, छानबिन समितिमा महानगरीय प्रहरी कार्यालयमा कार्यरत एसएसपी किरण बज्राचार्य, एसपी सामेन्द्र सिंह राठौर, अपराध महाशाखाका डीएसपी दुर्गा दाहाल र महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसी छन् ।

डीआईजी पोखरेल भन्छन्, प्रहरी चेकजाँचका क्रममा सामान बरामद् भएपनि गाडी कसरी फुत्किन सफल भयो भन्नेबारे छानबिन गरेर यथार्थ विवरण बाहिर ल्याउन समितिलाई कार्यादेश दिइएको छ ।

प्रहरीले गाडी चेकजाँच गर्दैगर्दा सामान बरामद भएको तर बा ६ च ५५१९ नम्बरको स्कार्पीयो भागेको बताएपछि प्रश्न उत्पन्न भएको हो ।

मंगलबार बिहान प्रहरीले कमलादीबाट १५ किलो सुन बरामद भएको भन्ने खबर बाहिर आए पनि चेकजाँचका क्रममा आधा किलोमात्रै सुन र बाँकी चाँदी भएको पुष्टि भएको थियो ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ६ : २० बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह