चर्किए चित्रबहादुर : जनप्रतिनिधि ठेकेदार बन्ने ? « Khabarhub

चर्किए चित्रबहादुर : जनप्रतिनिधि ठेकेदार बन्ने ?


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले राजनीतिको नाममा लुटतन्त्र हावी भएको बताएका छन् । शुक्रबार काठमाडौंमा भएको कार्यक्रममा अध्यक्ष केसीले मुलुकमा भ्रष्टाचार मंहगी,  कुशासन व्याप्त रहेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

उनले संघीयताको खर्च मुलुकले धान्न नसक्ने भन्दै संघीयता खारेज नभए संघीयताले देशलाई खारेज गर्ने चेतावनी दिए । उनले भने ‘संघीयता खारेज गरिएन भने यसले मुलुकलाई खारेजी गर्छ । हामीले गाँजा खाएको भरमा भनेको होइन । चुनिएर आएका जनप्रतिनिधिले पहिले आफ्नो सेवा सुविधान हेर्ने कि जनताको ? ठेकेदार बन्ने हो जनप्रतिनिधि ?’

उनले नेपालका ठूला दलहरुले विदेशीले बोकाएको संघीयताको भारी बोकेको समेत टिप्पणी गरे । उनले भ्रष्टाचार मंहगी, कुशासनबाट आक्रान्त भएका जनताले विकल्पमा राजसंस्था रोज्ने खतरा रहेको औल्याए । सयौं राजा पाल्नुभन्दा एउटै राजा भए हुन्थ्यो भन्ने जनतामा भान परिसकेको उनले दाबी गरे ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  १० : ५० बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा