प्रहरी प्रधान कार्यालयमा कार्यरत थप ९ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ४४ पुग्यो « Khabarhub

प्रहरी प्रधान कार्यालयमा कार्यरत थप ९ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ४४ पुग्यो


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरी प्रधान कार्यालयमा कार्यरत थप ९ प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा थप ९ प्रहरीमा कोरोना पुष्टि भएको हो । थप ९ जना प्रहरी कर्मचारीमा कोरोना पुष्टि भएको जानकारी दिँदै नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुबेरबहादुर कडायतले भने, ‘थप ९ जनामा कोरोना पुष्टि भएको जानकारी आएको छ। उहाँहरुसँग सम्पर्कमा आएकाहरुको कन्ट्र्याक्ट ट्रेसिङ गरिरहेका छ।’

यससँगै प्रहरी प्रधानकार्यालय नक्सालमा कार्यरत ४४ जनामा कोरोना पुष्टि भइसकेको छ । प्रहरी प्रधान कार्यालयको सञ्चार, सवारी शाखा लगायतमा कार्यारत प्रहरीमा कोरोना देखिएको हो । यससँगै देशभर संक्रमित प्रहरीको सङ्ख्या २ सय २१ पुगेको छ ।

बिगत एक हप्ता अघिदेखि प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरीहरूमा कन्ट्याक ट्रेसिङ र परिक्षणको क्रम जारी छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  १ : ४३ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार