चन्द्रमास अनुसार शनिबारदेखि नै नयाँ संवत्सर « Khabarhub

चन्द्रमास अनुसार शनिबारदेखि नै नयाँ संवत्सर


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चैत्र शुक्ल प्रतिपदा अर्थात् शनिबार गतेदेखि नयाँ संवत्सर शुरु हुँदैछ । शनिबार बिहानीको सूर्योदयसँगै ‘विरोधीकृत’ नामक संवत्सर समाप्त भई ‘परिधावी’ नामक संवत्सर शुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

सौरमासअनुसार नव वर्ष वैशाख १ गतेदेखि शुरु हुने भए पनि चन्द्रमासअनुसार शनिबारदेखि नै नयाँ संवत्सर प्रारम्भ हुन्छ । परिधावी नामक संवत्सरको ग्रहपरिषद्मा शनि राजा र सूर्य प्रधानमन्त्री पदमा आसीन भएको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

देश विशेषका शासकले सम्बन्धित राज्यमा शासन गरेजस्तै विश्व ब्रह्माण्डको शासन ग्रहपरिषद्ले गर्ने शास्त्रीय मान्यता छ । शनिलाई सूर्यको छोरा मानिन्छ । बाबु छोरा भए पनि यी दुई ग्रहबीच आपसमा शत्रुतापूर्ण सम्बन्ध रहेको चर्चा पुराण आदि धार्मिक ग्रन्थमा गरिएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  १० : १० बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका