हरिवंश आचार्यको गाईजात्रा गीत ‘तिमी के को जान्ने’ सार्वजनिक (भिडियो) « Khabarhub

हरिवंश आचार्यको गाईजात्रा गीत ‘तिमी के को जान्ने’ सार्वजनिक (भिडियो)


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले गाईजात्राको कोशेलीस्वरुप गाईजात्रा गीत सार्वजनिक गरेका छन् । ‘तिमी के को जान्ने’ बोलको उक्त गीत बिहीवार महसञ्चारको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा हरिवंश आचार्यको शब्द, संगीत र स्वर सुन्न सकिन्छ । यस्तै गीतको एरेन्ज भुपालमान सिंहले गरेका हुन् ।

गीतमा नेपालका नेताहरुप्रति व्यङ्ग्य गरिएको छ । आफ्नै कुरा मात्र ठूला भन्ने सोच भएका नेता तथा व्यक्तिलाई गीतले व्यङ्ग्य गरेको छ ।

गीतको भिडियोमा हरिवंश आचार्य, शशिकुमार खड्का, किरण तुलाधर, विकास भट्टराई, सुश्मा कार्की लगायतको प्रस्तुति देख्न सकिन्छ ।

भिडियोलाई सागर राज शर्माले निर्देशन गरेका हुन् भने हरि हुमागाईंले छायांकन गरेका हुन् । गीतलाई मह स्टुडियो बूढानीलकण्ठमा छायांकन गरिएको हो ।

हेर्नुस् भिडियो:

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  ३ : ५५ बजे

दमकमा रास्वपा कार्यकर्ताद्वारा आक्रमण गरिएको भन्दै एमालेद्वारा भर्त्सना

दमक (झापा)- नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आफ्ना

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं- सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने

तोडियो चुनावअघि गठबन्धन गर्ने दलहरूको परम्परा

काठमाडौं – दलहरुबीच चुनावअघि नै गठबन्धन गर्ने परम्परा यसपटक उल्टिएको

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन