हरिवंश आचार्यको गाईजात्रा गीत ‘तिमी के को जान्ने’ सार्वजनिक (भिडियो) « Khabarhub

हरिवंश आचार्यको गाईजात्रा गीत ‘तिमी के को जान्ने’ सार्वजनिक (भिडियो)


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले गाईजात्राको कोशेलीस्वरुप गाईजात्रा गीत सार्वजनिक गरेका छन् । ‘तिमी के को जान्ने’ बोलको उक्त गीत बिहीवार महसञ्चारको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा हरिवंश आचार्यको शब्द, संगीत र स्वर सुन्न सकिन्छ । यस्तै गीतको एरेन्ज भुपालमान सिंहले गरेका हुन् ।

गीतमा नेपालका नेताहरुप्रति व्यङ्ग्य गरिएको छ । आफ्नै कुरा मात्र ठूला भन्ने सोच भएका नेता तथा व्यक्तिलाई गीतले व्यङ्ग्य गरेको छ ।

गीतको भिडियोमा हरिवंश आचार्य, शशिकुमार खड्का, किरण तुलाधर, विकास भट्टराई, सुश्मा कार्की लगायतको प्रस्तुति देख्न सकिन्छ ।

भिडियोलाई सागर राज शर्माले निर्देशन गरेका हुन् भने हरि हुमागाईंले छायांकन गरेका हुन् । गीतलाई मह स्टुडियो बूढानीलकण्ठमा छायांकन गरिएको हो ।

हेर्नुस् भिडियो:

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  ३ : ५५ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा