१५ किलो धातु प्रकरण : प्रमाण लोप हुने आशंकामा दरबारमार्गका डीएसपी दाहाल सरुवा | Khabarhub Khabarhub

१५ किलो धातु प्रकरण : प्रमाण लोप हुने आशंकामा दरबारमार्गका डीएसपी दाहाल सरुवा


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजधानीको कमलादीमा बरामद भएको १५ किलो पहेलो धातु प्रकरणमा मुछिएका महानगरीय प्रहरी वृत्त, दरबारमार्गका प्रमुख डीएसपी रञ्जन दाहाललाई सरुवा गरिएको छ।

उनलाई राष्ट्रिय प्रहरी प्रतिष्ठान पठाइएको काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवाली जानकारी दिए।

प्रहरी अपरेशनमा समन्वय नगरेको र दाहालको कार्यशैलीमाथि नै छानबिन भइरहेकाले प्रमाण लोप गर्न सक्ने आशंकामा सरुवा गरिएको हो।

दाहाललाई प्रहरी प्रतिष्ठानमा ताने लगत्तै त्यहाँका डीएसपी रामेश्वर पौडेललाई दरबारमार्गको प्रमुखको जिम्मेवारी दिइएको छ।

दाहालमाथि घटनाको विषयमा माथिल्लो निकायलाई प्रष्ट जानकारी नदिएको, घटनास्थल परिवर्तन गरेको र अभियुक्तलाई भाग्ने मौका दिएको आरोप छ।

मंगलबार मात्र प्रहरीले कमलादीबाट एउटा झोलामा १५ किलो पहेँलो धातु बरामद गरेको थियो। एउटा झोलामा बरामद धातु मध्ये आधा किलो सुन र बाँकी चाँदी भएको दाबी प्रहरीले गरेको छ। काठमाडौं प्रहरी परिसरको टोलीले सुन प्रकरणमा मुछिएको भनिएको गाडी बिहीबार ललितपुरको नखिपोटबाट नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  ७ : १६ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’