ओमानले नेपालीसहित विदेशी नागरिकलाई प्रवेश अनुमति दिने « Khabarhub

ओमानले नेपालीसहित विदेशी नागरिकलाई प्रवेश अनुमति दिने



दोहा : ओमानको कोभिड-१९ सम्बन्धी सर्वोच्च समितिको २३ जुलाई २०२० को निर्णयानुसार ओमानमा कार्यरत रही बिदामा नेपाल गएका ओमानको रेसिडेन्स पर्मिटबाहक नेपाली नागरिकहरू लगायत अन्य विदेशी नागरिहरूलाई ओमान फर्कन अनुमति दिने भएको छ ।

ओमानको परराष्ट्र मन्त्रालयको स्वीकृतीमा ओमान फर्कन दिने निर्णय भएको भन्दै नेपालमा रहेका तथा नेपालको श्रम विभागबाट जारी हुने श्रम स्वीकृतको म्याद भएको वा पुनः श्रम स्वीकृती लिएका नेपाली नागरिकहरुले ओमान फर्कन सक्ने ओमानस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार आगामी दिनमा हुने उडानबाट ओमान फर्कन सहजीकरण गर्ने निर्णय भएकोले त्यसरी फर्कनुपर्ने नागरिकहरूको सूची नेपाली दूतावास ओमानले तयार गरिरहेको समेत जनाएको छ ।

अतः हाल बिदामा नेपालमा रहेका मध्ये ओमान फर्कन इच्छुक नेपाली नागरिकहरूलाई दूतावासका द्वितीय सचिव सोमेश थापालाई सम्पर्क गरी आफ्नो विवरण टिपाउन दूतावासले अनुरोध छ।

ओमान सरकारको यो निर्णयसँगै विभिन्न समयमा ओमानबाट बिदामा नेपाली गएका नेपाली श्रमिकलाई ठूलो राहत मिल्ने दूतावासले जनाएको छ । ओमानमा विभिन्न क्षेत्रमा गरी करिब २० हजार नेपाली श्रमिक कार्यरत रहेको पाइन्छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ९ : ३८ बजे

विद्रोहको मुद्दा सम्बोधन नगरी कसरी हुन्छ चुनाव ?

भाद्र २३ र २४ गतेको जेन-जी विद्रोह केवल क्षणिक राजनीतिक

एलडिसी बैठक : वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

काठमाडौं– नेपालले अल्पविकसित राष्ट्रहरू (एलडिसी)को विकासशील देशका रूपमा हुने रूपान्तरण

निर्वाचनको तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वपक्षीय बैठक बस्न लागेको छ

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

मधेशमा सरकार गठनको दौड : मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने आज अन्तिम दिन

जनकपुरधाम– मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले आज दाबी