ओमानले नेपालीसहित विदेशी नागरिकलाई प्रवेश अनुमति दिने « Khabarhub

ओमानले नेपालीसहित विदेशी नागरिकलाई प्रवेश अनुमति दिने



दोहा : ओमानको कोभिड-१९ सम्बन्धी सर्वोच्च समितिको २३ जुलाई २०२० को निर्णयानुसार ओमानमा कार्यरत रही बिदामा नेपाल गएका ओमानको रेसिडेन्स पर्मिटबाहक नेपाली नागरिकहरू लगायत अन्य विदेशी नागरिहरूलाई ओमान फर्कन अनुमति दिने भएको छ ।

ओमानको परराष्ट्र मन्त्रालयको स्वीकृतीमा ओमान फर्कन दिने निर्णय भएको भन्दै नेपालमा रहेका तथा नेपालको श्रम विभागबाट जारी हुने श्रम स्वीकृतको म्याद भएको वा पुनः श्रम स्वीकृती लिएका नेपाली नागरिकहरुले ओमान फर्कन सक्ने ओमानस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार आगामी दिनमा हुने उडानबाट ओमान फर्कन सहजीकरण गर्ने निर्णय भएकोले त्यसरी फर्कनुपर्ने नागरिकहरूको सूची नेपाली दूतावास ओमानले तयार गरिरहेको समेत जनाएको छ ।

अतः हाल बिदामा नेपालमा रहेका मध्ये ओमान फर्कन इच्छुक नेपाली नागरिकहरूलाई दूतावासका द्वितीय सचिव सोमेश थापालाई सम्पर्क गरी आफ्नो विवरण टिपाउन दूतावासले अनुरोध छ।

ओमान सरकारको यो निर्णयसँगै विभिन्न समयमा ओमानबाट बिदामा नेपाली गएका नेपाली श्रमिकलाई ठूलो राहत मिल्ने दूतावासले जनाएको छ । ओमानमा विभिन्न क्षेत्रमा गरी करिब २० हजार नेपाली श्रमिक कार्यरत रहेको पाइन्छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ९ : ३८ बजे

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको

के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ?

काठमाडौं – आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको उज्यालो

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

काठमाडौँ – डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय

नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका