कतारमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या १७ पुग्यो « Khabarhub

कतारमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या १७ पुग्यो



दोहा : कतारमा कोरोना संक्रमण कम हुदै गएको छ ।

बिहीबार ३०७ नयाँ केस थपिएसँगै संक्रमितको संख्या १ लाख १० हजार ४ सय ६० जना पुगेको छ ।

बुधबार मात्र २४६ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने योसँगै निको हुनेको संख्या १ लाख ७ हजार १३५ जना पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोनाको कारण १७१ जनाले मृत्यु भएको छ । जस मध्ये कोरोना सङ्क्रमणबाट १७ जना नेपाली श्रमिकको पनि मृत्यु भएको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

हालसम्म कतारले ४ लाख ८७ हजार ४३५ जनाको कोरोनाको परीक्षण गरी सकिएको जनाएको छ ।

कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । कतारमा के कति नेपाली कामदार कोरोनाबाट संक्रमित भन्ने दूतावाससंग पनि तथ्याङक छैन । कोरोनाबाट संक्रमित धेरै नेपालीहरु अहिले निको भएर काममा फर्किसकेका छन् ।

कोरोना भाइरसबाट बच्न सबैलाई सावधानिको उपायहरु अपनाउन तथा अनिवार्य रुपमा माक्सको प्रयोग गर्नु पर्ने छ । सबैले अनिवार्य रुपमा एथेराज एप प्रयोग गर्नु पर्ने जनाएको छ । कतारले स्थिति सामान्य बन्दै गए चौथो चरण अर्थात् सेप्टेम्बर १ देखि सबै प्रतिबन्ध हटाउने तयारी गरेको छ ।

इदमा दुई दिन नेपाली दूतावास बन्द हुने

इस्लाम धर्मावलम्बीहरुको महान पर्व इदको अवसरमा नेपाली दूतावास दुई दिन बन्द हुने भएको छ । दूतावासले एक सूचना जारी गर्दै अगष्ट २ र ३ तारिख बन्द हुने जनाएको छ । अगष्ट ४ तारिख मंगलबारबाट कार्यालय संचालन हुने जनाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ११ : २५ बजे

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित