सलाहको ५० औं गोल पुरा, लिभरपुल शीर्ष स्थानमा | Khabarhub Khabarhub

सलाहको ५० औं गोल पुरा, लिभरपुल शीर्ष स्थानमा


२३ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यतिखेर इङ्ग्लिस प्रिमियर लिग क्लब लिभरपुल र म्यानचेस्टर सिटीको शीर्ष स्थानका लागि प्रतिस्पर्धा चलिरहेको छ । यसअघि १ अंकको अग्रता बनाएको सिटीलाई शुक्रबार राति साउथह्यामटनमाथि जीत हात पार्दै लिभरपुलले २ अंकको अग्रता लिएको छ ।

घरेलु मैदानमा साउथह्यामटन पाहुना टोली लिभरपुलसँग ३—१ गोल अन्तरले पराजित भयो । जीतसँगै लिभरपुलको ८० अंक भएको छ भने दोस्रो स्थानमा रहेको सिटीको ८० अंक छ । प्रिमियर लिगको उपाधि यात्रा रोचक बन्दै गएको छ ।

लिभरपुलको जीतका लागि इजिप्टीयन स्टार मोहम्मद सलाहले सोलो गोल गरे । उनले खेलको ८० औं मिनेटमा गोल गरे ।

त्यसअघि खेलको शुरुवातमै साउथह्यामटनका साने लङले नवौं मिनेटमा गोल गर्दै पाहुना टोलीविरुद्ध अग्रता बनाएका थिए । खेलको ३६ औं मिनेटमा लिभरपुलका नावि केइटाले गोल गर्दै साउथह्यामटनसँग खेल १—१ को बराबरी गरेका थिए ।

८० औं मिनेटमा सलाहले गोल गरेपछि २—१ को अवस्थामा रहेको खेलमा सब्स्टीच्युट खेलाडी जोर्डन हेन्डरसनले ८६ औं मिनेटमा गोल गर्दै लिभरपुलाई ३—१ को जीत दिलाए ।

लिभरपुलको जीतमा एक गोल गरेका सलाहका प्रिमियर लिग क्लबहरुमा कम समयमा ५० गोल गर्ने खेलाडीको कीर्तिमानी पनि बनाएका छन् । उनले ६९ खेलमा ५० गोल पुरा गरेका छन् । यसअघि यो कीर्तिमानी फर्नान्डो टोरेसको नाममा थियो ।

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार  १० : २७ बजे

आज विश्व सुनामी सचेतना दिवस मनाइँदै

काठमाडौं – ‘सुनामी तयारीमा लगानी गरौँ’ नाराका साथ आज जापानलगायत

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

जर्मनीले युक्रेनलाई तीन अर्ब युरो सैन्य सहयोग गर्ने

बर्लिन – जर्मनीले सन् २०२६ मा युक्रेनलाई थप तीन अर्ब

विश्वकप लिग-२: आज युएईसँग भिड्दै नेपाल

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय युएई शृङ्खलाको अन्तिम

उपत्यकाका १९ ठाउँमा निःशुल्क वाइफाइ

काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क