गण्डकीमा कोरोना संक्रमित बढ्दै, नवलपरासीपूर्व बढी जोखिममा « Khabarhub

गण्डकीमा कोरोना संक्रमित बढ्दै, नवलपरासीपूर्व बढी जोखिममा



पोखरा- गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गइरहेको छ ।

गण्डकीमा १ हजार ४ सय ८५ जना संक्रमित रहेका छन् । पुरुष संक्रमितको तुलनामा महिला संक्रमित भने न्यून रहेको छ ।

अहिलेसम्म १ हजार ३०९ जना पुरुष संक्रमित हुँदा १ सय ७६ महिलामा संक्रमण पुष्टी भएको छ । जसमध्ये अहिलेसम्म १ हजार २ सय ४३ जना निको भइसकेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा चार जनाको मृत्यु भएको छ । कोरोनाका कारण स्याङजामा २ तथा बाग्लुङ र गोरखा जिल्लामा एक एक जनाको मृत्यु भएको छ ।

नवलपरासी पूर्वमा जोखिम बढी

गण्डकी प्रदेशको ११ जिल्ला मध्ये नवलपरासीपूर्व बढी प्रभावित छ ।

भारतसँगको सीमा नाका तथा पूर्वपश्चिम राजमार्गको मध्यबिन्दुमा पर्ने जिल्ला भएको हुँदा नागरिकको आवतजावत बढी हुँदा संक्रमण बढी भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

सरकारले जिल्ला भित्र मात्रै सञ्चालन गर्न पाउने गरी सार्वजनिक सवारी साधान सञ्चालन गर्ने छुट दिए पनि रुपन्देहीको बुटवल तथा चितवनको नारायणघाटबाट निर्वाध रुपमा सवारी साधन सञ्चालन भइरहेको छ ।

यद्यपि पछिल्लो समय संक्रमण दर भने घटिरहेको छ । परीक्षणको दायरा घट्दै गएकाले पनि संक्रमण दर घटेको छ । ३ सय १५ जनालाई संक्रमण पुष्टी भएको नवलपरासीपूर्वमा ३७ जना अझै सक्रिय संक्रमित रहेका छन् ।

संक्रमणको परीक्षण दर घट्ना संक्रमण घटेको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीपूर्वले जनाएको छ ।

गण्डकीको पाँच जिल्ला कोरोनामुक्त हुँदै

गण्डकी प्रदेशको पाँच जिल्ला कोरोना संक्रमणमुक्तको चरणमा पुग्ने भएको छ । मनाङ र मुस्ताङ संक्रमणमुक्त रहेकामा संक्रमण दर नबढेको खण्डमा अब छिट्टै गोरखा, पर्वत, म्याग्दी पनि कोरोना हुने अवस्थामा छ ।

गोरखा जिल्लामा १ सय ४ जना संक्रमितमध्य अधिकांशलाई निको भइसकेको छ । गोरखामा सक्रिय संक्रमित ४ जना मात्रै बाँकी रहेको जनाइएको छ ।

यस्तै, पर्वतमा ९८ संक्रमित मध्ये ९१ जना निको भएर घर फर्किसकेका छन् । अब ७ जना मात्रै सक्रिय संक्रमित रहेका छन् ।

यस्तै, म्याग्दीमा ४७ जनालाई कोरोना संक्रमण पुष्टी भएकामा ४१ जनालाई निको भइसकेको छ । म्याग्दीमा अब ६ जना मात्रै सक्रिय संक्रमित छन् ।

गण्डकी प्रदेशमा कहाँ कति संक्रमित ?

गण्डकी प्रदेशमा सबैभन्दा बढी भाररसँग सीमा जोडिएको नवलपरासीपूर्वमा सबैभन्दा संक्रमित हुँदा उत्तरी सीमा मनाङ मुस्ताङमा भने संक्रमण सून्य छ ।

मनाङ र मुस्ताङमा एक एक जनामा संक्रमण देखिएकोमा दुवै संक्रमित निको भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

नवलपरासीपूर्वमा ३ सय १५ संक्रमित मध्य २ सय ७८ निको भइसकेका छन् । जिल्लामा अहिलेसम्म ३७ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै, स्याङ्जा जिल्ला गण्डकी प्रदेशको कोरोना प्रभावित जिल्लाको दोस्रोमा रहेको छ । स्याङजामा संक्रमित २ सय ६० जना रहेकामा १ सय ९१ निको भएका छन् । अहिलेसम्म ६७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । स्याङजामा अहिलेसम्म २ जनाको मृत्यु भइसकेको छ ।

बाग्लुङमा २ सय ४३ संक्रमित मध्य २ सय १४ जना निको भएका छन् । गण्डकी प्रदेशमा सबैभन्दा पहिले बाग्लुङ संक्रमण देखिएको थियो । जिल्लामा अब २८ जना सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय बाग्लुङले जनाएको छ ।

यस्तै, तनहुँमा १७९ जना संक्रमितमध्ये १५७ निको भइ घर फर्किसकेका छन् भने अब २२ जना सक्रिय संक्रमित छन् ।

गण्डकी प्रदेशको प्रादेशिक मुकामसमेत रहेको कास्कीमा १ सय ३० जना संक्रमित मध्ये ९८ जना निको भइसकेका छन् । कास्कीमा सक्रिय संक्रमित ३२ जना रहेका छन् ।

यसैगरी, लम्जुङमा १ सय ७ जना संक्रमित रहेकामा ७२ जनालाई निको भइसकेको छ भने ३५ जना सक्रिय संक्रमित छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ७ : ५७ बजे

पाक-अफगान द्वन्द्व : मध्यस्थता गर्ने इरानको प्रस्ताव, तनाव नबढाउन चीनदेखि रुससम्मको अपिल

अफगानिस्तान–पाकिस्तान तनाव: चीनसहित विभिन्न देश र संयुक्त राष्ट्रको संयमको अपिल

शस्त्र प्रहरी र भारतीय सुरक्षा बलबीच समन्वायात्मक बैठक

महेन्द्रनगर- सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा सुरक्षा

पाँच वर्ष देश बनाउने स्पष्ट भिजनका साथ अगाडि बढेका छौँ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी पाँच वर्ष देश

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्रीको आग्रह

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका

चितवनमा रविले भने : अरू दललाई एक सीट पनि नदिनू, सबैलाई सडकमा पुर्‍याइदिनू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ गतेको