नेपाली नागरिकलाई कुवेत प्रवेशमा प्रतिबन्ध « Khabarhub

नेपाली नागरिकलाई कुवेत प्रवेशमा प्रतिबन्ध



दोहा- कुवेतले अगस्ट १ बाट हवाई उडान पुन: सुचारु गर्ने निर्णय गरेसंगै नेपालसहित ७ देशका नागरिकलाई तत्काल कुवेत प्रवेश प्रतिबन्ध लगाएको छ ।

अरब टाइम्सका अनुसार कुवेतको सरकारी सञ्चार केन्द्रले आफ्नो ट्वीटर मार्फत यस्तो घोषणा गरेको जनाएको छ । अगस्ट १ तारिकबाट कुवेत प्रवेश गर्न दिने निर्णय गरिए पनि नेपालसहित भारत, बंगलादेश, फिलिपिन्स, श्रीलंका, पाकिस्तान र इरानलाई कुवेत प्रवेशमा प्रतिबन्ध लगाइएको छ ।

सबै यात्रुहरुले विमानस्थलमा प्रवेश गर्ने र प्रस्थान गर्ने प्रक्रियालाई सहज पार्न सबै स्वास्थ्य प्रक्रियाहरू र निर्देशहरूको पालना गर्नुपर्ने जनाएको छ ।

यसघि कुवेतले प्रारम्भिक चरणमा नेपालसहित २० देशहरुमा औपचारिक रूपमा हवाई उडान सूचारु गर्न लागिएको कुवेत नागरिक उड्डयन निर्देशनालयले जनाएको थियो ।

तर त्यो निर्णय भएको दुई दिन पनि टिक्न नपाउदै कुवेत सरकारले अर्को निर्णय सार्वजनिक गरेको हो ।

कुवेतले नेपाली नागरिकलाई प्रतिबन्ध लगाउने निर्णयसंगै कुवेतबाट नेपाल फर्किने नेपाली श्रमिकहरु थप समस्यामा परेका छन् । कुवेतमा विभिन्न क्षेत्रमा गरि करिव ५० हजार नेपाली श्रमिक कार्यरत रहेका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ८ : २६ बजे

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर

करिब १ सय २१ किलो चरेससहित दुईजना पक्राउ

मकवानपुर– थाहा नगरपालिका-१० टौखेलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब १

सबै समुदायको समन्वयले मात्र राष्ट्रिय एकता सम्भव : प्रदेश प्रमुख खापुङ

काठमाडौं– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सबै जातजाति र

चुनावमा दलित किन फेरि किनारामा ?

काठमाडौं– नेपालको कूल जनसङ्ख्यामा दलित समुदायको हिस्सा करिब १३ प्रतिशत