सोमबारसम्म भारी वर्षाको पूर्वानुमान | Khabarhub Khabarhub

सोमबारसम्म भारी वर्षाको पूर्वानुमान


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  देशभर मनसुनी वायु र पूर्वी तराई भू-भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित रहँदा केही दिनदेखिको वर्षा अझै रोकिएको छैन ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले पनि देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशसहितका क्षेत्रमा मध्यम वर्षा भइरहेको छ । बाँकी प्रदेशका केही स्थानमा पनि हल्का वर्षा भइरहेको विभागले जनाएको छ ।

विभागले तीन दिनको पूर्वानुमान गर्दै जारी गरेको बुलेटिनमा सोमबारसम्म नै देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज दिउँसो अधिकांश स्थानमा सामान्य बदली रही धेरैजसो ठाउँमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । आजै दिउँसो र राति प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

योक्रम सोमबारसम्म नै कायम रहने भएकाले आवश्यक सतर्कता रहन विभागले आह्वान गरेको छ ।

‘देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, प्रदेश २ ,गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश, प्रदेश ५ का एक वा दुई स्थानहरूमा भारी वर्षाको  सम्भावना रहेको छ,’ आगामी २४ घण्टाका लागि चेतावनी र परामर्श शीर्षकमा विभागले भनेको छ,’ ती स्थानहरूका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ७ : ३५ बजे

एसिया कप : श्रीलंकासँग अफगानिस्तान पराजित हुँदा बंगलादेश सुपर फोरमा

काठमाडौं – गएराति भएको खेलमा श्रीलंकासँग पराजित भएसँगै अफगानिस्तान एसिया

परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकता आवश्यक  : प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

भूमिहीन र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा

खोटाङ– राष्ट्रिय भूमि आयोगले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका भूमिहीन तथा

पुटिनले युक्रेन युद्धविराममा निराश पारे : ट्रम्प

वाशिङटन् – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार भ्लादिमिर पुटिनले युक्रेनमा

आजको मौसम : एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार