कतारबाट १५० जना नेपाली स्वदेश फर्किए | Khabarhub Khabarhub

कतारबाट १५० जना नेपाली स्वदेश फर्किए



दोहा : कोरोना भाइरसलगायत विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरू मध्ये नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणमा कतारबाट १५० जना नेपाली स्वदेश फर्किए छन् ।

दोहाबाट काठमाडौँको लागि उडेको हिमालय एयरलाइन्सको एच ९५६३२ जहाजमा ८ महिलासहित १५० जना नेपाली रहेको कतारस्थित नेपाली दूतावासका द्वितीय सचिव प्रबीण भट्टराईले जानकारी दिए ।

स्वदेश फर्कन लागेकालाई बिदाई गर्न दूतावासका द्वितीय सचिव प्रबीण भट्टराई, एनआरएनए कतारका प्रतिनिधिहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

आज साँझ नेपाल एयरलाइन्सले अर्को उडान गर्दै छ भने बांकी उडान अगष्ट ३ र ४ मा गर्ने भएको छ । यस्तै हिमालय एयरलाइन्सले पनि अगष्ट ३, अगष्ट ५ का लागि थप गर्ने दूतावासले जनाएको छ ।

दूतावासले सार्वजनिक गरेको नामावलीमा नाम आएकाहरुलाई टिकट खरिद गरी तयारी अवस्थामा बस्न पनि अनुरोध गरेको छ ।

कतारबाट झन्डै १२ हजारले स्वदेश फर्किन आफ्नो नाम टिपाए पनि यसघि विभिन्न चरणमा गरि ३ हजार ३ सय १७ जना मात्र स्वदेश फर्किएको दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ९ : १८ बजे

हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी

चीन । चिनियाँ प्रविधिको क्षेत्रमा संकट देखिएको छ । प्रविधिको

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश