राष्ट्रपतिबाट बकर इद (इदुल जोहा) पर्वको शुभकामना « Khabarhub

राष्ट्रपतिबाट बकर इद (इदुल जोहा) पर्वको शुभकामना


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको दोस्रो ठूलो पर्व बकर इद (इदुल जोहा) का अवसरमा शुभकामना दिएकी छन् ।

राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमार्फत बकर ईद सद्भाव र शुभेच्छा आदानप्रदानको महत्वपूर्ण चाड भएको उल्लेख गरेकी छन्

उनले मुस्लिम धर्मावलम्बीले यस पर्वका दिन सामूहिकरूपमा नमाज पढ्दै एक आपसमा शुभकामना साटासाट गर्ने हुँदा यस परम्पराले आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भाइचाराको अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

‘नेपाल विविध जातजाति, भाषा र संस्कृतिको सङ्गम हो । विभिन्न समुदायद्वारा मनाइने यस्ता पर्वले आम नागरिकलाई सामाजिक सांस्कृतिकरूपमा एकताबद्ध बनाउँदै भावनात्मक ढङ्गले राष्ट्रिय एकता सुदृढ गर्नसमेत मद्दत पुर्‍याउने अपेक्षा लिएको छु”, शुभकामना सन्देशमा उल्लेख छ ।

कोभिड–१९ महामारीले सम्पूर्ण विश्वलाई आक्रान्त पारिरहेको यस कठिन परिस्थितिमा सावधानीका साथ चाड मनाउनुहुनेछ भन्ने आशा गर्दै राष्ट्रपति भण्डारीले बकर इद पर्वले स्थिरता र दिगो शान्तिसहित सामाजिक, आर्थिक विकासका कार्यमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा सङ्कल्प पूरा गर्न मद्दत पुगोस् भनी सबैमा शुभकामना व्यक्त गरेकी छन् ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ९ : २७ बजे

भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

रूपन्देही– सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले दुई करोड ५१

पोखराको फिर्के खोला किनारमा फेरि चल्यो डोजर, ५६ संरचना भत्काइँदै (तस्बिरहरू)

 पोखरा– फिर्के खोलामा बनेका संरचना भत्काउन पोखरा महानगरपालिकाले यसअघि थालेको अभियानलाई

‘पार्टीभित्र कुनै अन्तर्विरोध छैन, वर्तमान सरकार ५ वर्षसम्म चल्छ, असफल हुने छुट छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार

प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूतको भेट, नेपाल–अष्ट्रेलिया सहकार्यमा जोड

काठमाडौं –प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले भेट गरेका

राजकुमार राव र श्रद्धा कपुर अभिनीत चर्चित हरर-कमेडी फिल्म ‘स्त्री-३’ २०२८ मा 

काठमाडौं– ‘स्त्री’ र ‘स्त्री २’ बाट दर्शकलाई डर र हाँसोको