शनिको दोष हटाउन यी उपाय लगाउनुहोस् « Khabarhub

शनिको दोष हटाउन यी उपाय लगाउनुहोस्


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

नव ग्रह मध्ये शनिको नाम आउनासाथ सबैको मनमा एक प्रकारको भय आउने गर्दछ । शनिको अढैय्या, साढे साती र यसको वक्र दृष्टिका कारण मानिसमा शनिको भय रहने गरेको छ ।

अहिले धनु, मकर र कुम्भ राशिमा साढे साती चलिरहेको छ । कुनै पनि जातकको कुण्डलीमा शनिको स्थिति कमजोर हुदाँ जातकले कष्ट सहनु पर्ने हुन्छ ।

तर शनि कष्टको मात्र नभई न्यायको देवता पनि हुन् । शनिलाई प्रसन्न गरेमा कृपा प्राप्त हुने गर्दछ ।

यसरी गर्नुहोस् शनिको व्रत

शनिको कृपा पाउनी शनिबारको व्रत चमत्कारिक उपाय साबित हुनेछ । शनिबारको व्रतको आरम्भ गर्दा शुक्लपक्षको शनिबारबाट थाल्नु पर्दछ ।

लगातार न्युनतम १९ वटा शनिबारको व्रत बस्नु पर्दछ । यदि ५१ वटा शनिबारको व्रत गरेमा उत्तम फल प्राप्त हुन्छ ।

– व्रतका दिन शनि साधकले बिहानै उठेर स्नान गर्नु पर्दछ ।
– त्यस पश्चात शनि मन्त्रको ३ वा १९ माला जप गर्नु पर्दछ ।
– शनिदेवको फलामको प्रतिमाको पञ्चस्नान गराउनु पर्दछ ।
– यदि पञ्चस्नान सम्भव नभएमा जलद्धारा स्नान गराउनु पर्दछ ।
– यस पश्चात पानीमा कालो तील, कालो फूल, ल्वाङ, चीनी, गंगाजल र दूधद्धारा पश्चिम तर्फ मुख पारेर पीपल देवलाई अर्पित गर्नु पर्दछ ।
– यस दिन सादा भोजनलाई साँझको प्रसाद पछि मात्र ग्रहण गर्नु पर्दछ ।
– प्रसाद लिनु भन्दा अगाडी कुनै पनि ब्राम्हणलाई दान गर्नु पर्दछ ।
– अन्तिम व्रतका दिन हवन गरेर शनि स्तोत्र पाठ गर्नु पर्दछ ।

शनिको प्रार्थना मन्त्र
सूर्य पुत्रो दीर्घ देहो विशालाक्षः शिवप्रियः ।
मन्दचारः प्रसन्नात्मा पीडां हरतु मे शनिः ।।

शनिको यस महामन्त्रको जप गर्दा शनिदेव चाँडैं प्रसन्न भइ साधकको सबै मनोकामना पुर्ण गर्दछन् ।

शनिको तंत्रोक्त मन्त्र
“ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः नमः ।

जप संख्या – २३ हजार जाप

शनिका दान
शनिवारका दिन चियापत्ति, कालो तिल, फलाम, छालाको समान तावा, चिम्टा लगायतका फलामको सामग्री दान गर्नु पर्दछ ।

शनि दोष हटाउने महाउपाय
– पाँच वा ११ सातासम्म शनिबारको व्रतलगातार गरी शिवको विशेष पूजा गर्नु पर्दछ ।
– शनिवारका रातमा शिव वा हनुमान मन्दिर वा पिपलको रुख मुनी सरस्युको तेलमा दियो बाल्नु पर्दछ ।
– शनिबारको दिन शनिको दर्शन गरी प्रतिमामा सरस्युको तेल अर्पण गर्नुपर्दछ ।
– शनिबारका दिन शनिको वैदिक मन्त्र वा तान्त्रिक मन्त्रको जाप गरी गर्नु पर्दछ ।
– दशरथ कृत शनैश्चर स्तोत्र पाठले शुभ फल प्राप्त हुन्छ ।
– यी सबै उपायका अलावा शनिबार भुलेर पनि तेल, कोइला, फलाम, नुन किन्नु हुदैन ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ९ : २४ बजे

सुकुम्बासीहरुको स्क्रिनिङसँगै स्वास्थ्य जाँच तथा परामर्शका लागि टोली परिचालन

काठमाडौं– अव्यवस्थित बस्तीबाट स्क्रिनिङका लागि दशरथ रंगशालामा ल्याइएका भूमिहीन तथा

सरकारी प्रणाली ह्याक गरी ठेक्कामा हेरफेर : थप एकजना ठेकेदार र लेखापाल पक्राउ

काठमाडौं– सार्वजनिक खरिदसम्बन्धी सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को ई-गभर्न्मेन्टव

बुटवलमा पनि चल्यो डोजर, सरकारी जमिनबाट धमाधम हटाइँदै संरचना

बुटवल– बुटवलस्थित उच्च अदालतको अतिक्रमित सरकारी जग्गा खाली गराउन बिहान १०

छैटौँ दुगुनागढी-लिस्तिकोट ‘माउन्टेन ट्रेल रेस’ आगामी सोमबार

काठमाडौं– साहसिक खेल प्रवर्द्धन तथा नेपाली सेनाको इतिहासबारे भावी पुस्तालाई

चालिस युवालाई ‘कम्प्युटर टेक्निसियन’ र छपाइ ‘मेसिन अपरेटर’ तालिम

टीकापुर– यहाँका ४० युवालाई ‘कम्प्युटर टेक्निसियन’ र ‘अफसेट छपाइ मेसिन