महोत्तरीको जलेश्वरमा पाँच दिनसम्म निषेधाज्ञा | Khabarhub Khabarhub

महोत्तरीको जलेश्वरमा पाँच दिनसम्म निषेधाज्ञा


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – समुदायस्तरमा नै कारोना महामारी फैलिन थालेपछि महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा शुक्रबार रातिदेखि पाँच दिनको लागि निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला दैवी प्रकोप समितिले एक सूचना जारी गर्दै गएराति ११ बजेदेखि लागू हुने गरी पाँच दिनका लागि जलेश्वरमा निषेधाज्ञा जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालद्वारा हस्ताक्षरित सो सूचनामा जलेश्वरको पूर्वमा भार्गवसर मन्दिर, पश्चिममा रामनन्दन विशेश्वर महेन्द्र क्याम्पस, उत्तरमा रणभीम गण र दक्षिणमा रातोपुल यति चारकिलाको क्षेत्रमा पाँचदिनसम्मको लागि निषेधाज्ञा जारी गरिएको हो ।

त्यसैगरी जिल्लाको महोत्तरी गाउँपालिका वडा नं ३ र वडा नं ५ मा पनि पाँच दिनको लागि निषेधाज्ञा जारी गरिएको सो सूचनामा उल्लेख रहेको छ ।

एक साताअघि जिल्लाको महोत्तरी गाउँपालिका–३ बस्ने एक ६४ वर्षीय पुरुषको कोरोनाको कारण मृत्यु भएपछि उनको शव व्यवस्थापनमा खटिएका तथा आइसोलेसन व्यवस्थापनमा खटिएका १० जना नेपाली सेनामा कोरोना पुष्टि भएको थियो ।

त्यस्तै जलेश्वरका एक सामुदायिक विद्यालयका प्रधानाध्यापक, जलेश्वर नगरपालिकाका कर्मचारी र मृतकका परिवारजनमा पनि बिहीबार कोरोनाको सङ्क्रमण देखिएपछि जलेश्वर नगरपालिका र महोत्तरी गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको हो ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  १० : २५ बजे

दूधपोखरीकुण्डमा जलसतह घट्दै गएकामा स्थानीयको चिन्ता

गण्डकी – लमजुुङको मस्र्याङ्दी गाउँपालिकास्थित धार्मिक महत्त्वको पर्यटकीय तीर्थस्थल दूधपोखरीकुण्डमा

आजका समाचार : संसद्‍मा रास्वपाको विरोध जारी, मनाइयो योग दिवस र तत्काल इरानले आणविक वार्ता नगर्ने

रास्वपा सांसद सदनबाट बाहिरिएपछि प्रकाशशरणले भने- लगातार उभिन गाह्रै हुन्छ

इजरायली आक्रमणबाट इरानको इस्फाहान आणविक केन्द्रमा ठूलो क्षति, तेल अभिभमा खस्यो इरानी मिसाइल

तेहरान/तेल अभिभ– इजरायलले इरानको इस्फाहान प्रान्तमा अवस्थित एक मुख्य आणविक

दश मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल सम्पन्न

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न १०

खार्पुनाथ हुम्लाको पहिलो बालश्रममुक्त पालिका घोषणा

अदानचुली – जिल्लाका सात वटा स्थानीय तहमध्ये खापुनाथ गाउँपालिका बालश्रम