काठमाडौं उपत्यकामा थपिए ६ कोरोना संक्रमित « Khabarhub

काठमाडौं उपत्यकामा थपिए ६ कोरोना संक्रमित


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शनिबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

उनका अनुसार संक्रमितहरु काठमाडौंका पाँच र भक्तपुरका एक जना रहेका छन्। योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या २० हजार ८६ पुगेको छ।

कोरोनाको संक्रमणबाट अहिलेसम्म ५६ जनाको मृत्यु भएको छ भने संक्रमितमध्ये १४ हजार ४९२ जना निको भएर घर फर्किएका छन्।

प्रवक्ता डा. गौतमका अनुसार शनिबारमात्रै ९३ जना निको भएर अस्पतालबाट घर फर्किएका छन्।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ४ : ४२ बजे

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा