दक्षिण अफ्रिकामा कोरोना संक्रमितको संख्या ५ लाख नाघ्यो « Khabarhub

दक्षिण अफ्रिकामा कोरोना संक्रमितको संख्या ५ लाख नाघ्यो


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दक्षिण अफ्रिकामा कोरोना संक्रमितको संख्या ५ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा दक्षिण अफ्रिकामा १० हजार १०७ जनामा संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ५ लाख ३ हजार २९० पुगेको हो । संक्रमितको यो संख्या विश्वमा पाँचौँ धेरै हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा दक्षिण अफ्रीकामा कोरोनाबाट १४८ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ८ हजार १५३ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ३ लाख ४२ हजार ४६१ जना संक्रमणमुक्त भएका छन् भने १ लाख ५२ हजार ६७६ जना उपचारारत छन् । उनीहरूमध्ये ५३९ जनाको अवस्था गम्भीर छ ।

राजधानी प्रिटोरियाको आसपासको क्षेत्र कोरोनाको इपिसेन्टर बनेको भन्दै त्यहाँका स्वास्थ्य अधिकारीहरू चिन्तित भएका छन् ।

कोरोनाको शुरूवातताका गत अप्रिलदेखि मे सम्म दक्षिण अफ्रिकामा लकडाउन गरिएको थियो । तर, अर्थव्यवस्था चलायमान बनाउन भन्दै लकडाउन खुकुलो बनाइएपछि त्यहाँ संक्रमण बढ्दै गएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ११ : २२ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र