क्षमताभन्दा बढी लोड बोक्ने ट्रक प्रहरी नियन्त्रणमा « Khabarhub

क्षमताभन्दा बढी लोड बोक्ने ट्रक प्रहरी नियन्त्रणमा


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले क्षमता भन्दा बढी भार बोकेका दर्जन बढी ट्रकहरु नियन्त्रणमा लिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले १७ टन भार क्षमता भएका ट्रकले २६ टन भार बोकेर आएकोले नियन्त्रणमा लिएको जनाएको छ ।

यातायात व्यवस्था विभागको भारबहन ऐन अनुसार क्षमता भन्दा बढी भार लिएर हिँडेमा जरिवाना गरी बढी भएको भार मिलान गरेपछि मात्रै अघि बढ्न दिइने उल्लेख छ ।

ट्राफिकले नियन्त्रणमा लिएका ट्रकहरुलाई यातायात व्यवस्था कार्यालय, हेटौंडाले जरिवाना गर्न लागिएको नारायणी यातायात व्यवसायी संघका निवर्तमान अध्यक्ष बद्रीप्रसाद चौलागाईले बताएका छन् ।

पूर्वी नेपालको बिराटनगरबाट सिमेन्टको क्लिङ्कर लिएर आएको सो ट्रक प्रदेश १ र प्रदेश २ का दर्जनौ प्रहरी चेक प्वाइन्ट भएरै आएको हो ।

तर दर्जनौ प्रहरी चेक प्वाइन्टले केही नगरी करिब ३ सय किलोमिटर पार गर्नुमा पोष्टमा रहेका प्रहरीको कार्यमाथि नै प्रश्न चिन्ह उठेको देखिएको छ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ३ : १३ बजे

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका