कोरोना संक्रमित बढेपछि स्वास्थ्य मन्त्रालयको उच्चस्तरीय टोली वीरगञ्ज खटाइयो | Khabarhub Khabarhub

कोरोना संक्रमित बढेपछि स्वास्थ्य मन्त्रालयको उच्चस्तरीय टोली वीरगञ्ज खटाइयो


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना संक्रमण बढ्दै गएको वीरगञ्जमा स्वास्थ्य मन्त्रालयको उच्च स्तरीय टोली खटाइएको छ ।

स्वास्थ्य मन्त्रालका प्रवक्ता डा जागेश्वर गौतमले वीरगञ्ज र जनकपुरमा कोरोना नियन्त्रणका लागि स्वास्थ्य सेवा विभागका महानिर्देशकको नेतृत्वमा विज्ञहरुको टोली खटाइएको जानकारी दिए ।

डा गौतमले आवश्यकताका आधारमा अन्य जोखिम क्षेत्रहरुमा पनि उच्चस्तरीय टोली परिचालन गर्ने जानकारी दिए ।

‘हाल कोरोबाट प्रभावित भएको वीरगञ्ज र जनकपुरमा समन्वय गर्न स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहको नेतृत्वमा उच्चस्तरीय टोम वीरगञ्ज पुगी काम शुरु गरिसकेको छ,’ डा गौतमले भने, ‘आवश्यकता परेको खण्डमा अन्य क्षेत्रमा पनि टोली परिचालन गरिने तयारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भइरहेको छ ।’

कोरोना संक्रमितको संख्या बढेसँगै पर्सामा  भोलिदेख जिल्लाभर निषेधाज्ञा जारी गरिने भएको छ ।

साउन १० गतेदेखि वीरगञ्ज महानगरपालिकामा मात्रै निषेधाज्ञा लगाइएकोमा पछिल्लो परिस्थितिको विश्लेषण गर्दै जिल्लाभर विस्तार गर्ने निर्णय गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

कोरोना भाइरस संक्रमण फैलिन थालेपछि शनिबार प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

कोभिड १९ को रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन संक्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी कार्कीले बताए ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ५ : १९ बजे

बेपत्ता आयोगले तीन वर्षमा पायो पदाधिकारी

काठमाडौं– ‘मर्यादाका लागि सत्य, तथ्य, न्याय र परिपूरण’ को मर्मसहित

कोशीका चार सांसद सवार गाडीलाई डीएसपीले हाँकेको कारले ठक्कर दियो

काठमाडौं- कोशी प्रदेश सभा सदस्यहरू सवार एउटा गाडी मोरङको कानेपोखरीमा

प्रधानन्यायाधीशले गराए दुई आयोगका अध्यक्षलाई शपथ

काठमाडौं– प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका

सुदूरपश्चिमको धार्मिक पर्यटन प्रवर्द्धनमा सांसदको जोड

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले सुदूरपश्चिमलाई धार्मिक पर्यटनको केन्द्रको रूपमा विकास र

प्रतिनिधिसभाबाट जलस्रोत विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभा बैठकबाट ‘जलस्रोत विधेयक, २०८१’ पारित भएको छ ।