गीतमार्फत ‘बदलाको कथा’ भन्दै प्रकाश सपूत « Khabarhub

गीतमार्फत ‘बदलाको कथा’ भन्दै प्रकाश सपूत


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक तथा मोडल प्रकाश सपूतले हिन्दू नेपाली नारीहरुको पर्व तीजको अवसर पारेर सार्वजनिक गरेको नयाँ गीत एकैदिन युट्युबको ट्रेन्डिङ नम्बर २ मा पुगेको छ ।

प्रकाश सपूतको आधिकारिक युट्युब च्यानलमा सार्वजनिक गरिएको यो गीत दर्शकले रुचाएका छन् ।

‘बदला बरिलै’ बोलको यो गीतमा देवी घर्तीको स्वर सुन्न सकिन्छ भने शब्द तथा संगीत सिर्जना गायक सपूतले नै गरेका छन् ।

लोककथामा आधारित गीतमा महिलामाथि हुने हत्या, हिंसा र बलात्कारका घटनालाई कथाका माध्यमबाट प्रस्तुत गरिएको छ । नाटकीय रुपमा प्रस्तुत गरिएको गीतको भिडियोमा नायिका केकी अधिकारीले पीडित नारीको भूमिका निभाएकी छिन् ।

भिडियोको एक दृश्यमा केकी अधिकारी । उनले भिडियोमा पीडित नारीको भूमिका निभाएकी छिन् ।

श्यामश्वेत रसाइलीको संगीत संयोजन, पार्श्व ध्वनि तथा मिक्सिङ रहेको यो गीत आजभोलि बजारमा निस्किने भाइरल गीतभन्दा स्तरीय बनेको छ ।

दर्शकले यो गीतले मन छोएको प्रतिक्रिया दिएका छन् । गीतमा समावेश गरिएका शब्द र भिडियो मेकिङ कर्णप्रिय छ ।

भिडियोमा केकी अधिकारीका अलावा ध्रुव कोइराला, हिउवाला गौतम, अर्जुन आचार्य, भद्र कुँवर, सन्ध्या गौतम बराल लगायतले अभिनय गरेका छन् ।

अनिल कृष्ण मानन्धरले छायांकन निर्देशन गरेको भिडियोलाई प्रकाश सपूतले निर्देशन गरेका हुन् । गीतलाई लोकथामा आधारित परम्परागत मेलोडियस लोक गीत भनिएको छ ।

‘यो एउटा गीत मात्र होइन, कुसोच भएका दानव र न्याय दिन नसक्ने शासकहरुमाथिको टाउकोमा बञ्चरो प्रहार नै हो,’ गोविन्द ढुंगानाले युट्युबमा प्रतिक्रिया जनाएका छन् ।

प्रकाश सपूत ।

‘यो गीत हेर्दा मैले आफ्ना आँसु थाम्न सकिनँ, दुःखको कुरा हामीले वास्तविक जीवनमा कहिल्यै पनि यसरी बदला लिने मौका पाउँदैनौं,’ एलिना धरेलले लेखेकी छिन् ।

प्रकाश सपूतले गीत तथा भिडियोमा एक नारीले मृत्युपछि आफूले बदला लिएको कथा उनेका छन् । दर्शकले यो गीतबाट प्रकाश सपूतको उचाइ थप माथि पुगेको प्रतिक्रिया दिएका छन् ।

यसअघि गायक सपूतले सार्वजनिक गरेका बोल माया, गलबन्दी, दोहोरी ब्याटल लगायत गीत पनि दर्शकले रुचाएका थिए । गीत संगीतमार्फत समाजका कथा भन्नु सपूतको विशेषता हो ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ५ : २४ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा