सुनकाण्डमा मुछिएका दुई प्रहरीलाई संगठित अपराध मुद्दामा म्याद थप | Khabarhub Khabarhub

सुनकाण्डमा मुछिएका दुई प्रहरीलाई संगठित अपराध मुद्दामा म्याद थप


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  साढे १४ केजी चाँदी र आधा किलो सुन प्रकरणमा दुई प्रहरी जवानलाई ‘संगठित अपराध’ मुद्दामा अनुसन्धान थालिएको छ ।

दरबारमार्ग वृत्तमा कार्यरत प्रहरी जवान बहादुर सिंह कठायत र प्रशन्न श्रेष्ठलाई संगठित सुन तस्करी मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले बताए ।

‘अदालतबाट संगठित मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेका छौं’ महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी ज्ञवालीले भने, ‘सो अपराधमा जोडिएका अरुलाई पनि संगठित मुद्धामा अनुसन्धान हुन्छ।’

उनीहरुले सुराकीसँग मिलेर कारोबारीलाई भगाएको आरोप छ ।

जिल्ला अदालत काठमाडौंले आइबार उनिहरुलाई हिरासतमा राखेर संगठित सुन तस्करी मुद्दामा अनुसन्धान गर्न अनुमति दिएको हो ।

कठायत दरबारमार्गका सीआरभी (कम्प्याक रिक्रेशनल भेहिकल) चालक हुन् भने प्रशन्न श्रेष्ठ सिभिल टिममा कार्यरत थिए ।

घटना लगत्तै उनीहरुलाई आन्तरिक रुपमा नियन्त्रणमा लिएर सोधपुछ थालिए पनि आइतबार मात्र पक्राउ पूर्जी दिइएको हो ।

सुन प्रकरणमा देवान पटेल, विजय पटेल, निलेश पटेल, कौशल पठेल, उमेश श्रेष्ठ, मनिष मल्लिक र सन्दिप गुरुङ यसअघि नै पक्राउ परिसकेका थिए ।

पक्राउपर्ने मध्ये गुरुङ तस्कर समूहले नागढुंगाबाट भाग्न प्रयोग गरेको ट्याक्सीका चालक हुन् ।

घटनापछि महानगरीय प्रहरी वृत्त, दरबारमार्गका डीएसपी रञ्जन दाहाल पनि प्रहरी प्रशिक्षण प्रतिष्ठानमा तानिएका छन् ।

यो पनि पढौं

सुन प्रकरण नयाँ मोडमा, थप रहस्यमय बन्दै घटना 

१५ किलो धातु प्रकरण : दरबारमार्गका डीएसपी दाहाल सरुवा 

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  १० : १८ बजे

काठमाडौं उपत्यकामा कर्फ्यु थप खुकुलो, बिहान र बेलुकी आवतजावत गर्न पाइने

काठमाडौं – नेपाली सेनाले उपत्यकामा जारी निषेधाज्ञा र कर्फ्यु आदेशलाई

सन्तानब्बे नाल हतियार बरामद भएको छः नेपाली सेना

काठमाडौं – जेनजीको प्रदर्शनपछि भएका घटनामा मुलुकका विभिन्न स्थानबाट लुटिएकामध्ये

धनुषा जिल्लामा आज साँझ ६ बजेदेखि कर्फ्यु आदेश लागू

जनकपुरधाम – जिल्ला प्रशासन कार्यालय धनुषाले अर्को आदेश नभएसम्म आज

रास्वपाले अघि सार्‍यो तीनबुँदे तात्कालिक प्रस्ताव

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशको वर्तमान राजनीतिक संकट

नख्खु जेलबाट भागेका सञ्जय टकलासहित १७ जना पक्राउ

काठमाडौं– ललितपुरको नख्खु जेलबाट भागेका चर्चित अपराधी एवम् पूर्वराज्यमन्त्री सञ्जय