सिनेमा हल सुनसान, सडकमा भीडभाड | Khabarhub Khabarhub

सिनेमा हल सुनसान, सडकमा भीडभाड


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले गत चैत्र ११ गतेदेखि नेपालभर लागू हुने गरी लकडाउन गर्‍यो । धेरै मान्छेको भीडभाड हुने स्थान भन्दै फिल्म हललाई चैत्र ६ बन्द गर्ने घोषणा गर्‍यो ।

अहिले लकडाउन खुले पनि फिल्म हल भने खुला गरिएको छैन । नेपालभर लागू गरिएको लकडाउन खुलेसँगै बजारमा चहलपहल बढेको छ । सार्वजनिक स्थलमा यात्रुहरुको चहलपहल बढेको छ ।

काठमाडौंमा भीडभाड बढेको छ तर सिनेमा हल भने सुनसान छन् । निर्माताहरु हल सञ्चालन गर्ने तयारीमा छन् । त्यसो त लकडाउन हुनु पहिले सिनेमा घरमा सेनिटाइजर र अन्य सुरक्षाका उपाय अपनाइएको थियो ।

सरकारले धेरै भेला हुने ठाउँ भन्दै सिनेमा हलहरु बन्द गरेपछि ती हल खुलेका छैनन् ।

सार्वजनिक सवारी, सडक तथा कार्यालयमा भिड बढिरहेको छ । व्यापार व्यवसाय पनि सामान्य भइसकेका छन् । तर, हल भने सरकारले अझै पनि बन्द गरेको छ ।

हल सञ्चालकहरुले सिनेमा हल खुलाउन पहल गरे पनि सरकारले यसबारेमा कदम चालेको छैन । लकडाउन खुलेपछि अरुतर्फ सामान्य बने पनि सिनेमा क्षेत्रमा भने अझै पनि लकडाउन गरिएको भन्दै सिनेकर्मीले गुनासो गर्न थालेका छन् ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  १ : २६ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ