आज थपिए २५९ कोरोना संक्रमित, ६५ डस्चार्ज (विवरणसहित) | Khabarhub Khabarhub

आज थपिए २५९ कोरोना संक्रमित, ६५ डस्चार्ज (विवरणसहित)

नेपालमा हालसम्म संक्रमितको संख्या २१ हजार ९ पुग्यो


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा मंगलबार थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

देशभर काेराेना संक्रमितकाे संख्या २१ हजार ९ पुगे पनि १५ हजार २६ जना संक्रमणमुक्त भइसकेका छन्। अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ९२५ रहेको मन्त्रालयले जनाएको छ ।

कहाँ कति थपिए  ?

डा गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा झापाका एकजना, मोरङका २ जना र सुनसरीका ९ जनामा कोरोना पुष्टि भएको छ ।

कोशी अस्पताल प्रयोगशाला बिराटनगरमा गरिएको परीक्षणमा झापाका ३ जना, सुनसरीका ३ जना र मोरङका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा गरिएको परीक्षणमा धनुषाका एकजना, इलामका २ जना झापाका ४ जना, मोरङका १० जना, गजेन्द्र नारायणी सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सिराहाका एकजना र सप्तरीका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १२ जना, महोत्तरीका १५ जना, सर्लाहीका एकजना र सिराहाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा बझाङका एकजना, भक्तपुरका ११ जना, काठमाडौंका ३८ जना र सर्लाहीका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा बाराका ६ जना, पर्साका एकजना,रौतहटका ६ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी वीर अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा धनुषाका एकजना, त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा काठमाडौंका ५ जना, मोरङका एकजना, नुवाकोटका २ जना, स्याङ्जाका एकजना, तनहुँका १ जना र रुकुम पश्चिमका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका एकजना र चितवनका एकजना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा कास्कीका एकजना, काठमाडौंका २ जना, ललितपुरका एकजना र रुपन्देहीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै बीआइडिएच ल्याब काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका ३ जना, नेपाल कोरियामैत्री अस्पताल भक्तपुरमा गरिएको परीक्षणमा बाराका एकजना र भक्तपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीका एकजना, लमजुङका एकजना, पर्वतका एकजना र स्याङ्जाका ३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका ५ जना र रुपन्देहीका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बाँकेका ११ जना र सल्यानका २ जना, लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तुका २ जना, रुपन्देहीका २ जना र सल्यानका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अछामका ११ जना र कैलालीका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै डा गौतमका अनुसार हालसम्म २१ हजार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ६५ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा थप ६५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १५ हजार २६ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ४ : ४८ बजे

काठमाडौं छाड्नेलाई सुझाव – फूलपातीअघि नै गाउँ जानोस् !

नेपाली नागरिकहरूलाई दशैं माहौले छोप्न थालिसकेको छ । दशैंका बेला

खोलाको सिमानाभित्रका भौतिक संरचना हटाउँदै भरतपुर महानगर

काठमाडौं– चितवनको भरतपुर महानगरपालिकाले पुङ्गी खोलाको सिमानामा परेका भवनहरू भत्काउने

बाबुको हत्या अभियोग छोरा पक्राउ

सिराहा– आफ्ना बाबुको हत्या अभियोगमा औरही गाउँपालिका–३ खजनपुरका शैलेन्द्रकुमार यादवलाई

तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व संकलन

तनहुँ– मालपोत कार्यालयले आर्थिक वर्ष २०८०-८१ मा रु ३६ करोड

दाङको गँगटे तालमा मोटरबोट सञ्चालन

दाङ– दाङको घोराही उपमहानगरपालिका–१६ बाहुनडाँडामा रहेको गँगटे तालमा स्थानीय वेदबहादुर