कोरोनाको त्रासबीच भीडभाडमै मनाइयो गाईजात्रा (भिडियोसहित) « Khabarhub

कोरोनाको त्रासबीच भीडभाडमै मनाइयो गाईजात्रा (भिडियोसहित)


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रत्येक वर्ष भाद्र कृष्ण पक्षमा मनाइने गाईजात्राको दिन धेरैले सम्झिने ठाउँ हो, भक्तपुर । यहाँ गाईजात्रा हेर्न काठमाडौं उपत्यकाका मात्र नभई काभ्रेदेखिका मानिसहरु समेत आउँछन् ।

भक्तपुरका विभिन्न क्षेत्रबाट गाईजात्राको दिन बाजागाजासहित निकालिने झाँकीले नगर परिक्रमा गर्दा ठूलो भीडसमेत लाग्ने गर्दछ ।

कोरोना भाइरस सङ्क्रमणका कारण यो वर्ष गाईजात्रा पर्व विगत जस्तो उत्सवमय हुन पाएन । तर पनि आज मनाइएको भक्तपुरको गाईजात्रा पर्वमा ठूलै भीडभाड देखिएको थियो ।

कोरोना भाइरस सङ्क्रमण रोक्न भीडभाड नगरी सामान्य रुपमा औपचारिकतामा मात्रै गाईजात्रा मनाउन नगरपालिकाले आह्वान गरे पनि ठूलै भीडभाड देखिएको थियो ।

आज बिहान भक्तपुरमा निकै भीडभाड र बाक्लो उपस्थितिमा गाईजात्रा पर्व मनाइयो भने साँझ पनि उस्तै ठूलो भीडमा गाईजात्रा मनाइएको छ ।

दिउँसो भने विगत वर्षका तुलनामा केही कम मात्रै मानिसको उपस्थिति रहेको थियो । घिन्ताङ्घिसी नाचका साथै माक प्याख नाच, अन्य विभिन्न नाच र व्यङ्ग पनि प्रस्तुत गरिएको थियो ।

हेरौं भिडियो

गाईजात्रा पर्वको दिन दिवङ्गत आत्माको सम्झनामा गाईलाई घुमाउने गरिन्छ भने कतिपयले माटोको गाई बनाएर घुमाउने गर्दछन् । साथै मानिसलाई विभिन्न रुपमा सिङ्गारपटार गरेर शहर परिक्रमा गराएर मनाइन्छ ।

यसपर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्यात्मक प्रदर्शन र नाचगान पनि गरिन्छ । गाईजात्राको दिन भने अभिव्यक्ति स्वतन्त्रता थियो । आज भोलि पनि गाईजात्रामा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना गर्ने परम्परा छ ।

गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा, पोखरामा प्रायः नेवारी समुदायले मनाउने गर्दछन् ।यस वर्ष कोरोना महामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै सरकारले भीडभाड गरेर जात्रा–पर्व नमनाउन सबै जन समुदायलाई अपिल गरेको थियो ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ८ : ५७ बजे

झोलुङ्गे पुल पर्यटकीय गन्तव्य बन्दै

दाङ– स्थानीय तुलसीपुर उपमहानगरपालिका–११ र दङ्गीशरण गाउँपालिका–२ सरुवाडाँडा जोड्ने झोलुङ्गे

‘गन्धर्व संस्कृति कर्खा’ सार्वजनिक

गोरखा– दैवीकालदेखि नै गाउने संस्कृतिको विरासत बोकेका गन्धर्व समुदायको संस्कृतिहरू

युट्युब हेरेरै व्यावसायिक कृषिमा सक्रिय

दाङ– अधिकांशका लागि सामाजिक सञ्जाल युट्युब मनोरञ्जन र समय बिताउने

‘पत्रकारमा फिल्ड रिपोर्टिङको जाँगर र सिर्जनशीलता भएसम्म एआईसँग डराउनु पर्दैन’ 

कुइयाङ– आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को तीव्र विकासले पत्रकारको जागिर खोस्ने

घाँसको बीउ उत्पादन

राँझा– बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयले ३० हजार