कश्मीरसहितको भूभाग समेटेर पाकिस्तानले जारी गर्‍याे नयाँ नक्सा « Khabarhub

कश्मीरसहितको भूभाग समेटेर पाकिस्तानले जारी गर्‍याे नयाँ नक्सा


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- पाकिस्तानले मंगलबार देशको नयाँ राजनीतिक नक्सा जारी गरेको छ।

नक्सामा भारत प्रशासित कश्मीर र गुजरातको जुनागढसमेत समेटिएको छ। पाकिस्तान सरकारको मन्त्रिपरिषद बैठकले आज उक्त नक्सालाई पारित गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

पाकिस्तानी सञ्चार माध्यम डनले पाकिस्तानी विदेशमन्त्री शाह महुमद कुरेशीको हवला दिँदै पाकिस्तानले पहिलो पटक पूरै कश्मीर र जुनागढसमेत समेटेर नयाँ नक्सा जारी गरेको उल्लेख गरेको छ।

पाकिस्तानले नयाँ नक्सामा लद्दाख, सियाचिनसमेत गरी गुजरातको जुनागढमा आफ्नो दाबी गरेको छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान ख़ानले मंगलवार नयाँ नक्सा जारी भएको बारे जानकारी दिएका छन् ।

मन्त्रिपरिषदको यो निर्णयमा विपक्षी पार्टीले समेत स्वागत गरेको उनले बताएका छन् ।

उनले भनेका छन्, ‘पाकिस्तानको नयाँ राजनीतिक नक्साले पाकिस्तान जनताको उमंगको प्रतिनिधित्व गर्छ । पाकिस्तान र कश्मीर बासिन्दाहरुको सैद्धान्तिक विचारधाराको समर्थन गर्छ ।’

उनले अब पाकिस्तानका स्कूल, कलेज र सबै सरकारी कार्यालयमा नयाँ आधिकारिक नक्सा प्रयोगमा ल्याइनेछ ।

 

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ९ : ४० बजे

पश्चिम एसिया घटनाका कारण तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन : परराष्ट्रमन्त्री शर्मा

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिम एसियामा देखिएको तनावले खाडी मुलुकमा

सिरहामा कानुन व्यवसायीको फर्ममा बम विस्फोट, एक जना घाइते

सिरहा– सिरहा सदरमुकामस्थित जिल्ला अदालत अगाडि रहेको ‘मधेश ल फर्म’मा

प्रचण्ड भन्छन् : म्याजिक नम्बरका कुरा नगरौँ, रास्वपालाई हाम्रो शुभकामना छ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा