कम उमेर मै किन बुढो देखिन्छ मानिस ? « Khabarhub

कम उमेर मै किन बुढो देखिन्छ मानिस ?


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुढो देखिनु मानिसका लागी निकै पट्यारलाग्दो हुने गर्दछ । बुढो हुनु स्वभाविक जीवन प्रकृया भएपनि गलत खानपान र जीवनशैलीका कारण आजकल कतिपय मानिसहरु उमेर नपुग्दै बुढो देखिन्छन् ।

उनीहरु उमेरले नभई शारीरिक रुपमा बुढो हुन्छन् । यो अवस्थामा शरीर कमजोर र लाचार हुन्छ ।

किन मानिस बुढो देखिन्छ ?
आजकल मानिसहरुमा रहने गरेको गलत दिनचर्या, खराब खानपान, अनावश्यक सोच तथा चिन्तनले हामीलाई बुढो पार्दछ ।

खाने, सुत्ने, आराम गर्ने वा व्यायामका लागी समय छुट्याउन नसक्दा मानिस बुढो देखिन्छ । यसका मुख्य कारण निम्न छन् ।

१. खाना
आजकल मानिसहरुमा सहि समय, सहि मात्रा र स्वथ्यकर खाना नखाइदिदा यसले शरीरलाई उमेर नपुगी बुढो पार्ने गर्दछ । गलत खानाको असर मुटुमा पर्न जान्छ र यसले बिस्तारै शरीर गाज्दै लान्छ ।

२. बढि आराम
बढ्दो प्रविधि, शहरीकरण र यातायात सुविधाका कारण मानिसहरु हिड्ने वा शरीरलाई परिश्रम हुने काम कम गर्दछन् । लगातार बसेर काम गर्ने, खाने वा आराम गर्ने बानीले शरीरमा क्यालोरी बढाउँछ । जसले मुटुका साथै शरीरलाई असर पार्दछ ।

३. धुम्रपान
धुम्रपान कुनै पनि हालतमा शरीरका लागी फाइदाजनक हुदैन । यसले रगतलाई चोक्टा चोक्टा बनाउँछ । यसले फोक्सो देखि मस्तिष्कसम्म असर पार्दछ । रगतको प्लेटलेट्स पनि नष्ट पार्दछ । धुम्रपानले शरिरमा खराव कोलेस्ट्रोलको मात्रा पनि बढाउने भएकाले शरीर जीर्ण हुदै जान्छ ।

४. मदिरा सेवन
मदिरा सेवनले रक्तचाप बढ्छ साथै मुटुलाई प्रभावित पार्दछ । शरीरमा भएको भिटामिन बी र सीलाई समेत मदिराले नष्ट पार्दछ । मदिराले हर्ट अट्याक, स्ट्रोक र उच्च रक्तचाप बढाई उमेर नपुगी मानिसलाई कमजोर र बुढो बनाउँछ ।

५. व्यायाम
शरीरका लागी बल पर्ने परीश्रम नगर्नेहरुले व्यायामका माध्यमले शरिरलाई फिट बनाउनु पर्दछ । अन्यथा शारीरीक श्रम वा ब्यायामका अभावमा मुटुमा असर पार्ने काम गर्दछ ।

६. चिन्ता/तनाव
चिन्ता वा तनावले समेत मानिसलाई बुढो देखाउन गर्दछ । यसले मुटुको स्वास्थ्यमा निकै घातक साबित हुन्छ । तनावले रक्तचाप र हानिकारक कोलेस्ट्रोलको मात्रालाई बढाउँछ । यसले हृदयघातको सम्भावनालाई पनि बढाएर लान्छ ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ९ : २८ बजे

स्वास्थ्यमन्त्री र स्वास्थ्य क्षेत्रका दातृ निकायका प्रतिनिधिबीच भेटवार्ता  

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतम र

निर्वाचनको वातावरण बनाउन जनतालाई अपिल गर्दै सरकारलाई दबाब दिन्छौँ : प्रचण्ड 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको वातावरण

लुम्बिनीले टस जित्यो, काठमाडौंलाई पहिला ब्याटिङको निम्तो

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु

ताप्लेजुङ– ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ लिङखिमका एक व्यक्तिको घाँस काट्ने क्रममा

५ अंकले बढ्यो नेप्से, १२५ वटा कम्पनीको सेयर मूल्यमा भने गिरावट

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.३२ अंकले बढेको छ