समृद्धि हासिल गर्न समावेशी विकासको बाटोमा अगाडि बढ्नुपर्छ– डा भट्टराई « Khabarhub

समृद्धि हासिल गर्न समावेशी विकासको बाटोमा अगाडि बढ्नुपर्छ– डा भट्टराई


२३ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– नयाँशक्ति पार्टीका केन्द्रीय संयोजक डा बाबुराम भट्टराईले अबको निकास समावेशी विकास भएकामा जोड दिएका छन् ।

मगर राष्ट्रिय परिषद् नेपालको दोस्रो सङ्घीय भेलालाई आज बुटवलमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले दिगो समृद्धि हासिल गर्न समावेशी विकासको बाटोमा अगाडि बढनुपर्ने धारणा राखे ।

“सबैले समृद्धिको अनुभव गर्न पाउनुपर्छ”, उनले भने “समावेशी, समानुपातिक र सहभागितामूलक लोकतन्त्र नभए समृद्धि प्राप्त हुँदैन ।” नेपालमा दिगो शान्ति र सुशासनका लागि पछाडि पारिएको वर्ग र क्षेत्रका समस्या समाधानका लागि सबै एक ठाउँमा उभिएर आवाज उठाउन जरुरी रहेको उनले बताए ।

“आदिवासी जनजातिको अधिकार प्राप्तिका लागि सङ्घर्ष जरुरी छ”, डा भट्टराईले भन्नुभयो, “अब सदनभित्र र बाहिरबाट आवाज उठाउँ ।”

सरकारले सङ्घीयता कार्यान्वयनका क्रममा आदिवासी र जनजातिलाई पहिचानविहीन बनाएको टिप्पणी गर्दै उनले अझै पनि प्रदेश नं ७ को सिमाङ्कन मिलाउन सम्भव रहेको धारणा राखे ।

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार  ९ : ५३ बजे

दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

नारायणगढ– बछ्यौलीका महिलाले सामूहिक दूध विविधिकरण पसल सञ्चालनमा ल्याएका छन्

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

गुल्मी– सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई  प्रोत्साहन तथा अनुदान

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौं– सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को आन्तरिक खपत बढाउने

विमल इलायचीको विज्ञापन विवादमा शाहरुख, अजय र टाइगर, एफडीएले माग्यो १५ दिनभित्र स्पष्टीकरण

मुम्बई– बलिउडका तीन ठूला स्टार शाहरुख खान, अजय देवगन र टाइगर

सूर्य थापालाई रोस्ट गरेपछि तनावमा कमेडियन, भन्छन् – धम्कीले कोठाबाहिर निस्किन सकिनँ

काठमाडौं – कमेडीका नाममा ठाडो रोस्ट गर्ने प्रवृतिलाई निरन्तरता दिँदै