समृद्धि हासिल गर्न समावेशी विकासको बाटोमा अगाडि बढ्नुपर्छ– डा भट्टराई « Khabarhub

समृद्धि हासिल गर्न समावेशी विकासको बाटोमा अगाडि बढ्नुपर्छ– डा भट्टराई


२३ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– नयाँशक्ति पार्टीका केन्द्रीय संयोजक डा बाबुराम भट्टराईले अबको निकास समावेशी विकास भएकामा जोड दिएका छन् ।

मगर राष्ट्रिय परिषद् नेपालको दोस्रो सङ्घीय भेलालाई आज बुटवलमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले दिगो समृद्धि हासिल गर्न समावेशी विकासको बाटोमा अगाडि बढनुपर्ने धारणा राखे ।

“सबैले समृद्धिको अनुभव गर्न पाउनुपर्छ”, उनले भने “समावेशी, समानुपातिक र सहभागितामूलक लोकतन्त्र नभए समृद्धि प्राप्त हुँदैन ।” नेपालमा दिगो शान्ति र सुशासनका लागि पछाडि पारिएको वर्ग र क्षेत्रका समस्या समाधानका लागि सबै एक ठाउँमा उभिएर आवाज उठाउन जरुरी रहेको उनले बताए ।

“आदिवासी जनजातिको अधिकार प्राप्तिका लागि सङ्घर्ष जरुरी छ”, डा भट्टराईले भन्नुभयो, “अब सदनभित्र र बाहिरबाट आवाज उठाउँ ।”

सरकारले सङ्घीयता कार्यान्वयनका क्रममा आदिवासी र जनजातिलाई पहिचानविहीन बनाएको टिप्पणी गर्दै उनले अझै पनि प्रदेश नं ७ को सिमाङ्कन मिलाउन सम्भव रहेको धारणा राखे ।

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार  ९ : ५३ बजे

मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु

मुस्ताङ – यहाँको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले

सिंहदरबार जलेको फोटो राख्दै शंकर पोखरेल लेख्छन्– यो विध्वंसका योजनाकारलाई बिर्सने छैनौं

काठमाडौं – नेकपा (एमाले) महासचिव शंकर पोखरेलले सिंहदरबार जलेको तस्बिर

सामूहिक अलैँची खेतीबाट एउटै टोलको आम्दानी एक करोड १७ लाख

काठमाडौं – संखुवासभाको एउटै गाउँका किसानले अलैँची खेतीबाट एक करोड

प्राध्यापकको कटाक्ष- ‘लोकसेवा फेल र दलका कार्यकर्ताले पाठ्यपुस्तक लेख्दा नेपाली भाषा ध्वस्त’

नेपाली भाषाको शुद्धताको बारेमा लामो समयदेखि विवाद हुँदै आएको छ।