काठमाडौं उपत्यकामा आज एकैदिन थपिए ६२ कोरोना संक्रमित « Khabarhub

काठमाडौं उपत्यकामा आज एकैदिन थपिए ६२ कोरोना संक्रमित


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं उपत्यकामा आज ६२ जना नयाँ संक्रमित थपिएका छन् । आज थपिएका मध्ये काठमाडौंमा ५७ र ललितपुरमा ५ जना रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका एकजना, काठमाडौंका १४ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा काठमाडौंका २ जना, लिलतपुरका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा काठमाडौंका एकजनामा कोरोना पुष्टि भएको छ । यस्तै नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा काठमाडौंका एकजना, ललितपुरका २ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

बीआइडिएच ल्याब काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका एकजनामा कोरोना पुष्टि भएको छ । योसँगै आजमात्रै काठमाडौं उपत्यमाका ६२ संक्रमित थपिएका छन् ।

यसैबीच नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ३९० पुगेको छ ।

आज ३८१ जना थपिएका छन् । मंगलबार २५९ जना थपिएका थिए । सोमबार ४१८ जना थपिएका थिए । आइतबार २४६ जना थपिएका थिए । यस्तै शनिबार ३१५ जना थपिएका थिए । आज ६ हजार ३५९ जनाको पिसिआर परिक्षण गरिएको छ । अब सक्रिय संक्रमितको संख्या ६ हजार १७६ जना छ ।

यस्तै निको हुनेको संख्या १५ हजार १५६ जना पुगेको छ । आज १३० जना निको भएका छन् । मंगलबार ६५ जना निको भएका थिए । सोमबार ३५८ जना थपिएका थिए । आइतबार १११ जना निको भएका थिए । यस्तै शनिबार ९३ जना निको भएका थिए । ७० प्रतिशत निको भएका छन् ।

यस्तै मृत्यु हुनेको संख्या ६० पुगेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ४ : ३० बजे

अमेरिकी डलर १५४ रुपैयाँ नाघ्यो, युरो र पाउन्डको विनिमय दर पनि घटबढ

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

मध्यरातमा सुनसरी तनावग्रस्त: प्रहरीको गोली लागेर एक जनाको मृत्यु, २२ जना घाइते

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगन्ज बजारमा साउने सोमबारको ‘बोलबम’

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो

काठमाडौँ– यस वर्षको साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मूल मन्दिरभित्र

आज २०८३ साल साउन ११ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ११ गते सोमबार सन् २०२६

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि