झापामा पीसीआर प्रयोगशाला स्थापना | Khabarhub Khabarhub

झापामा पीसीआर प्रयोगशाला स्थापना


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – मेची अस्पताल भद्रपुरमा स्थापना भएको कोभिड–१९ को परीक्षण गर्ने पीसीआर प्रयोगशालाको आज उद्घाटन भएको छ ।

सङ्घीय सांसद पवित्रा खरेल र प्रदेश नम्बर १ की सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले संयुक्तरुपमा सो प्रयोगशालाको उद्घाटन गरेकी हुन् ।

प्रदेश नं. १ सरकारको सहयोगमा मेची अस्पतालमा स्थापना भएको पीसीआर प्रयोगशालाले एक चक्रमा ९० जनाभन्दा बढीको स्वाबको नमूना परीक्षण गर्ने नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले बताए ।

सञ्चालनमा आएको प्रयोगशालाले सोही अस्पतालको आइसोलेसनमा उपचारारत ५ जना कोभिड–१९ का सङ्क्रमितको स्वाब परीक्षण गरेको छ । परीक्षणको नतिजालाई पुनः परीक्षणका लागि प्रदेशको प्रयोगशालामा लगिने बताइएको छ ।

त्यस्तै झापाको कनकाई नगरपालिकामा अर्को पीसीआर प्रयोगशालासमेत मेची अस्पतालकै मातहतमा छिट्टै सञ्चालनमा आउने भएको छ ।

अस्पताल विकास समितिले कनकाई नगरपालिकाले आर्थिक व्ययभार व्यहोर्ने गरी उक्त पीसीआर प्रयोगशालाको सञ्चालन र व्यवस्थापन आफैँले गर्ने सहमति भएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ७ : ३२ बजे

इरानसँगको नयाँ सम्झौता कार्यान्वयन गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह

भियना– संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी गर्ने निकायका प्रमुखले सोमबार इरानसँग

गण्डकी प्रदेशका तीन सय ९९ फरार कैदीबन्दी फक्राउ

गण्डकी – गत साताको जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेशका कास्की,

जेन-जी आन्दोलनको घटना छानबिन गर्न न्यायिक समिति

काठमाडौँ- सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाको न्यायिक छानबिन गर्ने

मार्तडी र कोल्टीमा सहुलियत पसल सञ्चालन

बाजुरा– खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिल्लाका मार्तडी र कोल्टीमा