झापामा पीसीआर प्रयोगशाला स्थापना « Khabarhub

झापामा पीसीआर प्रयोगशाला स्थापना


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – मेची अस्पताल भद्रपुरमा स्थापना भएको कोभिड–१९ को परीक्षण गर्ने पीसीआर प्रयोगशालाको आज उद्घाटन भएको छ ।

सङ्घीय सांसद पवित्रा खरेल र प्रदेश नम्बर १ की सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले संयुक्तरुपमा सो प्रयोगशालाको उद्घाटन गरेकी हुन् ।

प्रदेश नं. १ सरकारको सहयोगमा मेची अस्पतालमा स्थापना भएको पीसीआर प्रयोगशालाले एक चक्रमा ९० जनाभन्दा बढीको स्वाबको नमूना परीक्षण गर्ने नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले बताए ।

सञ्चालनमा आएको प्रयोगशालाले सोही अस्पतालको आइसोलेसनमा उपचारारत ५ जना कोभिड–१९ का सङ्क्रमितको स्वाब परीक्षण गरेको छ । परीक्षणको नतिजालाई पुनः परीक्षणका लागि प्रदेशको प्रयोगशालामा लगिने बताइएको छ ।

त्यस्तै झापाको कनकाई नगरपालिकामा अर्को पीसीआर प्रयोगशालासमेत मेची अस्पतालकै मातहतमा छिट्टै सञ्चालनमा आउने भएको छ ।

अस्पताल विकास समितिले कनकाई नगरपालिकाले आर्थिक व्ययभार व्यहोर्ने गरी उक्त पीसीआर प्रयोगशालाको सञ्चालन र व्यवस्थापन आफैँले गर्ने सहमति भएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ७ : ३२ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने