अयोध्यापुरीका विषयमा अनुसन्धान शुरु गर्दै पुरातत्व विभाग « Khabarhub

अयोध्यापुरीका विषयमा अनुसन्धान शुरु गर्दै पुरातत्व विभाग


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पुरातत्व विभागले चितवनस्थित अयोध्यापुरीमा रामको जन्म भएको विषयमा पुरातत्व, संस्कृति र इतिहासका विज्ञसँग छलफल गरी अनुसन्धान शुरु गरेको छ ।

त्रेतायुगमा भगवान् रामको जन्म नेपालकै चितवन जिल्लास्थित हाल माडी नगरपालिकामा पर्ने अयोध्यापुरीमा भएको चर्चा शुरु भएपछि विभागले विज्ञसँग छलफल शुरु गरेको प्रवक्ता रामबहादुर कुँवरले राससलाई जानकारी दिए ।

विज्ञसँग छलफलपछि स्थलगत रुपमा विज्ञको समूह अनुसन्धानका लागि पठाउने विषयमा पनि विभागले परामर्श शुरु गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असार २९ गते २०७ औँ भानु जयन्तीका अवसरमा आयोजित कार्यक्रममा रामको जन्म नेपालकै अयोध्यापुरीमा भएको बताउँदै सांस्कृतिक अतिक्रमण रोक्न थप अध्ययन एवं अनुसन्धान हुनुपर्ने बताएका थिए ।

महर्षि वाल्मीकिले संस्कृत भाषामा रचना गरेको रामायणलाई आदिकवि भानुभक्त आचार्यले नेपालीमा भावानुवाद गरेका थिए ।

विसं २०६७ देखि राम जन्मभूमि अयोध्याका विषयमा अनुसन्धानरत लोकमणि पौडेल यसका लागि आफू लखनउको फैजावादस्थित अयोध्या, उत्तर प्रदेशस्थित बिठुरको वाल्मीकि आश्रम र पञ्जाबको वाल्मीकि आश्रममा पनि पुगेर सूक्ष्म अध्ययन गरेको बताउँछन् ।

भारतमा दुईतिर दाबी गरिएको वाल्मीकि आश्रमभन्दा नेपालको वाल्मीकि आश्रमको प्रमाण बलियो रहेको उनले बताए । वाल्मीकिले रचना गरेको संस्कृत रामायणमा तमसा र गङ्गा नदीको बीचमा वाल्मीकि आश्रम पर्छ भनिएकामा त्रिवेणी नजिकैको आश्रम नै सही भएको भारतका मानिसको पनि सहमति रहेको अध्ययनका क्रममा भेटिएको उनले सुनाए ।

वाल्मीकि आश्रम पारि भारतले वाल्मीकि बाघ संरक्षण केन्द्र स्थापना गरेको छ । त्यहाँको नगरको नाम पनि भारतले वाल्मीकि नगर राखेको अनुसन्धाता पौडेलले बताए । भारतका दुवै वाल्मीकि आश्रम भव्य भए पनि नेपालको आश्रमको विकासमा यहाँका सरोकार भएका निकायको ध्यान नगएको प्रष्ट देखिएको तीन वटै आश्रमको अनुसन्धान गर्नुभएका अनुसन्धाता पौडेलले बताए ।

वाल्मीकि रामायणमा आश्रमको पूर्वतिर अयोध्या पर्छ भनिएको छ । नेपालको वाल्मीकि आश्रमबाट अयोध्यापुरी पूर्व पर्छ ।

अयोध्यापुरी वरिपरिको भागमा बैकुण्ठ ताल, सोमेश्वर पहाड लगायत धार्मिक एवं सांस्कृतिक महत्वका धेरै स्थल रहेकाले पनि अयोध्यापुरी नै राम जन्मभूमि हुन सक्ने बलिया प्रमाण रहेको पौडेलको भनाइ छ । थप अनुसन्धानका लागि त्यस स्थलको पुरातात्विक उत्खनन् गर्न पनि उनले माग गरे ।

परशुराम कुण्डबाट आउने मरोट खोला र रिया खोला पनि वाल्मीकि आश्रम एवं अयोध्यापुरीको बीचमा रहेकाले अयोध्यापुरीमा दशरथ र कौशल्याका छोरा रामको जन्म भएको बलिया आधार भए पनि सरोकार भएका निकायले यसको थप अध्ययन अनुसन्धान गर्नुपर्ने अध्येता पौडेलको माग छ । चितवनको साविक अयोध्यापुरी गाविसको केही भाग पर्सा जिल्लामा गाभिएको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  १२ : ४९ बजे

हाफ–म्याराथनमा रोबोटले तोड्यो मानव कीर्तिमान

बेइजिङ- चीनको तीव्र गतिमा अघि बढिरहेको प्रविधि विकासलाई झल्काउने घटनामा

उपसभापति भुसालको नेतृत्वमा कांग्रेसले गठन गरेको संविधान संशोधन सुझाव समितिलाई पूर्णता

काठमाडौं– नेपाली कांग्रेसले संविधान संशोधनका लागि सुझाव संकलन गर्न गठित

एसियनको बिस्कुटमा रौं भेटिएपछि २ लाख जरिवाना 

काठमाडौं- सुनसरीको दुहबीमा रहेको एसियन बिस्कुट एण्ड कन्फेक्सनरीले उत्पादन गरेको

धुम्बाराहीमा जुट्यो बिलखबन्दमा परेको देउवा समूह (तस्बिरहरू)

काठमाडौं- सर्वोच्च अदालतले गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पक्षमा अन्तिम

देउवा समूह छाडेका धनराज भन्छन् : कांग्रेसलाई एक बनाउन गगनलाई सभापति मान्नुको विकल्प छैन

काठमाडौं- नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद सर्वोच्च अदालतको अन्तिम निर्णयसँगै नयाँ