प्लाज्मा थेरापी विधिबाट उपचार गरिएका बिरामी कोरोना मुक्त « Khabarhub

प्लाज्मा थेरापी विधिबाट उपचार गरिएका बिरामी कोरोना मुक्त


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा पहिलो पटक प्लाज्मा थेरापी विधिबाट कोरोनाको उपचार गरिएका बिरामी कोरोना मुक्त भएका छन् ।

त्रिवि शिक्षण अस्पतालका कोरोना व्यवस्थापन समितिका संयोजक डाक्टर सन्तकुमार दासका अनुसार प्लाज्मा थेपारी विधिबाट कोरोनाको उपचार गरिएको मोरङका ६० वर्षका पुरुष कोरोना मुक्त भएका हुन् ।

उनको पछिल्लो २ पटकसम्म गरिएको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएको डा दासले बताए ।

गत साउन १० गते कोरोना त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । ती पुरुषमा गम्भिर प्रकृतिको कोरोनाको लक्षण अर्थात निमोनिया भएको थियो ।

तर अस्पतालको आइसियुमा भर्ना भएको ५ दिन सम्म पनि स्वास्थ्यमा सुधार भएको थिएन । त्रिवि शिक्षण अस्पतालमा साउन १५ गतेदेखि प्लाज्मा थेरापी विधिबाट कोरोनाको उपचार शुरु गरिएको थियो । डा दासका अनुसार आइसियुमा उपचार ती बिरामीको स्वास्थ्य अवस्था सामान्य भएपछि आइसियुबाट सारिएको थियो ।

डा दासका अनुसार नर्मल वार्डमा सार्ने क्रममा उनलाई त्रिवि शिक्षण अस्पतालमा शय्या अभाव भएपछि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा सारिएको थियो ।

ती पुरुषको पछिल्लो परीक्षणको रिपोर्ट नेगेटिभ आएको र स्वास्थ्य अवस्था पनि सामान्य भएपछि आज डिस्चार्ज गर्ने तयारी रहेको ग्राण्डी अस्पतालका एक चिकित्सकले जानकारी दिए ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ४ : १२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै