बेरुत विस्फोटको घटनाप्रति राष्ट्रपति भण्डारीद्वारा दु:ख व्यक्त « Khabarhub

बेरुत विस्फोटको घटनाप्रति राष्ट्रपति भण्डारीद्वारा दु:ख व्यक्त


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले लेबनानको राजधानी बेरुतस्थित बन्दरगाहमा विस्फोटबाट भएको ठूलो जनधनको क्षतिप्रति दु:ख व्यक्त गरेकी छन्।

लेबनानका राष्ट्रपति मिशेल अउनलाई एक शोक सन्देश पठाउँदै उनले दु:ख व्यक्त गरेकी हुन्।

मंगलबार बेरुतको बन्दरगाहमा भएको शत्तिशाली विस्फोटमा परी ज्यान गुमाउनेको संख्या १३५ पुगेको छ ।

विस्फोटमा परी ५ हजार भन्दा बढी घाइते भएका छन् ।

सन्देशमा उनले दु:खद घडीमा शोक सन्तप्त परिवारका सदस्यहरू साथै लेबनान सरकार र जनताप्रति हार्दिक सम्वेदना प्रकट गरेकी छिन् । उनले विस्फोटमा परी घाइतेभएकाहरुको शीघ्र स्वास्थ लाभको कामना गरेकी छन्।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ७ : ३७ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना