राष्ट्रिय परिचयपत्रका लागि १६ हजारको विवरण दर्ता « Khabarhub

राष्ट्रिय परिचयपत्रका लागि १६ हजारको विवरण दर्ता


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुरमा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियानअन्तर्गत तीन साताको अवधिमै १६ हजार ६९ जनाले विवरण दर्ता गराएका छन् ।

कारोना भाइरसको सङ्क्रमण रोकथामका लागि गरिएको बन्दाबन्दीपछि असार अन्तिम सातादेखि सञ्चालन गरिएको दर्ता अभियानअन्तर्गत जिल्लाका नौवटै स्थानिय तहमा ८६ जना कम्प्युटर अपरेटर आवश्यक सामग्री र उपकरणसहित परिचालन गरी दर्ता अभियान शुरु गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्ययका अनुसार राष्ट्रिय परिचयपत्र दर्ताका लागि स्थानीय तहका वडावडामा कम्प्युटर अपरेटर परिचालन गरी दर्ताको कार्य भइरहेको छ ।

“वितरण दर्ताका लागि जनप्रतिनिधिको सहयोग र रुजु अधिकारीका रुपमा वडा सचिवको सहयोग लिइएको छ”, उनले भने, “विवरण दर्ताको कार्य सन्तोषजनकरुपमा अगाडि बढी रहेको छ ।”

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले उपलब्ध गराएको विवरणअनुसार बेदकोट नगरपालिकामा चार हजार ३४३, शुक्लाफाँटा नगरपालिकामा तीन हजार ९९४, कृष्णपुर नगरपालिकामा तीन हजार २१८ जनाको विवरण दर्ता गरिएको छ ।

महाकाली नगरपालिकामा एक हजार ४५७, बेलौरी नगरपालिकामा ७५६, बेलडाँडी गाउँपालिकामा ७०७, लालझाडी गाउँपालिकामा ५९९, भीमदत्त नगरपालिकामा ५९५ र पुनर्वास नगरपालिकामा ४०० जनाको विवरण दर्ताको कार्य गरिएको छ ।

गत चैत महिनामा शुरु भएको अभियान भीमदत्त नगरपालिकाको वडा नं १८ बाट शुभारम्भ गरिएको थियो । कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गर्दै बन्दाबन्दी गरिएपछि जारी अभियान स्थगित गरिएको थियो । सो अभियान पुनः असार महिनको अन्तिम सातादेखि सञ्चालन गरिएको छ । बन्दाबन्दीअघि १० हजार बढी व्यक्तिको विवरण दर्ता गरिएको थियो ।

राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियानका लागि बेदकोट नगरपालिकामा १४, शुक्लाफाँटा नगरपालिकामा ११, कृष्णपुर नगरपालिकामा नौ, महाकाली नगरपालिकामा पाँच, बेलौरी नगरपालिकामा तीन, बेलडाँडी गाउँपालिकामा दुई, लालझाडी गाउँपालिकामा दुई, भीमदत्त नगरपालिकामा ३८ र पुनर्वासमा दुई गरी ८६ जना कम्युटर अपरेटर परिचालन गरिएका छन् ।

कारोना भाइरस सङ्क्रमणको जोखिमबीच न्यूनतम सेवाग्राही उपस्थित गराएर विवरण दर्ताको कार्य गर्न र स्वास्थ्य र सुरक्षाका मापदण्ड अपनाएर भीडभाड नगर्ने नगराउने गरी सेवा लिन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ८ : १० बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन