संक्रमित बढेपछि लहानमा ९ दिन निषेधाज्ञा « Khabarhub

संक्रमित बढेपछि लहानमा ९ दिन निषेधाज्ञा


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान – सिरहाको लहान नगरपालिकाले नौ दिनका लागि नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

पछिल्लो समय नगरपालिका वडा नं ८ का एक जनासहित नगर क्षेत्रका २६ मा कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि यही साउन ३२ गतेसम्म नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको नगरपालिकाले जनाएको छ । छिमेकी जिल्ला सप्तरीमा तीव्ररूपमा सङ्क्रमण फैलिरहेकाले छ ।

नगरपालिका कार्यपालिकाको आपत्कालीन बैठकले नगर क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णय गरेको नगर कार्यपालिकाका सदस्य तथा वडा नं ७ का वडाध्यक्ष राकेशरोशन गुप्ताले जानकारी दिए ।

वडा ८ का सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएकाको पनि स्वाब सङ्कलनको कार्य भइरहेको स्वास्थ्य शाखा प्रमुख रामसुन्दर यादवले बताए ।

यसअघि मिर्चैया नगरपालिकाले बिहीबारदेखि यही साउन ३२ गतेसम्म नगर क्षेत्रमा लकडाउन गरेको छ । मिर्चैया–६ का दुई स्वास्थ्यकर्मीसहित तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमण थप फैलिन नदिन नगर क्षेत्रमा नगरपालिकाले लकडाउन गरेको नगरप्रमुख श्रवण यादवले जानकारी दिए ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ११ : ४९ बजे

एमालेका ठाकुर गैरेले पाल्पा २ बाट उम्मेदवारी दर्ता गरे

काठमाडौं – नेकपा एमालेका ठाकुर गैरेले पाल्पा क्षेत्र नम्बर २

बैतडीबाट दामोदर भण्डारीको मनोनयन दर्ता

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

झापा–५ मा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा–५

झापामा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप

काठमाडौं- झापामा उम्मेदवारी दर्ता गराउने क्रममा नेकपा एमाले र राष्ट्रिय

भोजपुरबाट शेरधन राईको मनोनयन दर्ता

टक्सार– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा