पाटन अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितको मृत्यु « Khabarhub

पाटन अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितको मृत्यु


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाटन अस्पतालमा उपचार गराइरहेका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । वीरगञ्जका ४५ वर्षीय पुरुषको बिहीवार साँझ मृत्यु भएको हो ।

अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले उनको मृत्यु भएको बताए । डाक्टरका अनुसार ती पुरुषमा मधुमेह र रक्तचापको समस्या थियो ।

ती पुरुषलाई स्टार अस्पतालबाट रिफर गरिएको थियो । उनलाई स्टार अस्पतालमा हुँदा नै कोरोना पोजेटिभ देखिएको थियो ।

यसैगरी धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत २५ वर्षीय पुरुषको पनि कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

सिरहा निवासी उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर दिनेश सापकोटाले जानकारी दिए ।

ती युवक मिर्गौलाका बिरामी थिए । उनको साउन १९ गते स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । साउन १९ मा उनमा कोरोना संक्रमण भएको नतिजा आएको थियो ।

उनले दुई वर्षदेखि डायलासिस गराउँदै आएका थिए । जनकपुर अस्पतालमा डायलासिस गराउँदै आएका ती पुरुषमा कोरोना पोजेटिभ देखिएपछि उनलाई धरान रिफर गरिएको थियो ।

पछिल्लो विवरणअनुसार नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएको संख्या ६९ पुगेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  १२ : ०८ बजे

हंसपुरका मेयर प्रदीपकुमार यादवको निधन

काठमाडौँ- धनुसाको हंसपुर नगरपालिकाका प्रमुख प्रदीपकुमार यादवको निधन भएको छ

‘राति नसुतेर पनि काम र २ पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था गरौँ’

काठमाडौँ- नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश विकासका लागि राति

सरकारले बीमा बन्द हुन दिनु हुँदैन : प्रदीप पौडेल

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ ५ का प्रतिनिधिसभा सदस्य

मालपोत प्रमुखलाई एक महिना कैद र पाँच हजार जरिवाना

काठमाडौं- उच्च अदालत जनकपुरले भूमि सुधार तथा मालपोत कार्यालय धनुषाका

परिवर्तनको नाममा ‘टुरिस्ट’ उम्मेदवार जिताउनु गल्ती हुन सक्छ : रेखा थापा

काठमाडौं – अभिनेत्री रेखा थापाले परिवर्तनको नाममा ‘टुरिस्ट’ उम्मेदवारलाई जिताउनु