पाटन अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितको मृत्यु | Khabarhub Khabarhub

पाटन अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितको मृत्यु


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाटन अस्पतालमा उपचार गराइरहेका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । वीरगञ्जका ४५ वर्षीय पुरुषको बिहीवार साँझ मृत्यु भएको हो ।

अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले उनको मृत्यु भएको बताए । डाक्टरका अनुसार ती पुरुषमा मधुमेह र रक्तचापको समस्या थियो ।

ती पुरुषलाई स्टार अस्पतालबाट रिफर गरिएको थियो । उनलाई स्टार अस्पतालमा हुँदा नै कोरोना पोजेटिभ देखिएको थियो ।

यसैगरी धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत २५ वर्षीय पुरुषको पनि कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

सिरहा निवासी उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर दिनेश सापकोटाले जानकारी दिए ।

ती युवक मिर्गौलाका बिरामी थिए । उनको साउन १९ गते स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । साउन १९ मा उनमा कोरोना संक्रमण भएको नतिजा आएको थियो ।

उनले दुई वर्षदेखि डायलासिस गराउँदै आएका थिए । जनकपुर अस्पतालमा डायलासिस गराउँदै आएका ती पुरुषमा कोरोना पोजेटिभ देखिएपछि उनलाई धरान रिफर गरिएको थियो ।

पछिल्लो विवरणअनुसार नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएको संख्या ६९ पुगेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  १२ : ०८ बजे

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक

काठमाडौं- मन्त्रिपरिषद्को बैठक सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको

भारतमा यूपीआईको प्रयोग बढ्दो

काठमाडौं– भारतमा युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) मार्फत हुने कारोबार ह्वात्तै

पूर्वाधारबिनै इम्बोस्ड नम्बर प्लेटमा सरकारको बलजफ्ती

काठमाडौँ– आगामी असोज १ गतेदेखि देशभरका सवारीसाधनहरुमा उच्च सुरक्षा प्रणालीसहितको

सङ्घीयतालाई वित्तीय र प्रशासनिक रुपमा प्रभावकारी बनाउनुपर्छ : गगन थापा

पाटन – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई वित्तीय र