सेती प्रादेशिक अस्पतालको परीक्षणमा १७ संक्रमित थपिए « Khabarhub

सेती प्रादेशिक अस्पतालको परीक्षणमा १७ संक्रमित थपिए


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालले एक विज्ञप्ति जारी गर्दै थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । नयाँ थपिएका संक्रमित मध्ये ९ जना महिला र ८ जना पुरुष छन् ।

संक्रमित १६ जना कैलालीका र एक जना कञ्चनपुरका रहेको अस्पतालले जनाएको छ ।

सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ४४९ जनाको कोरोना परीक्षण गरिएको थियो ।

यसैबीच गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले एक विज्ञप्ति मार्फत थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाकारी दिएको हो ।

नयाँ थपिएका संक्रमित मध्ये कास्कीका १० जना, नवलपरासीका एकजना र स्याङ्जाका एकजनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशले बिहान १० बजेर ३० मिनेट र दिउँसो १२ बजेर ४५ मिनेटमा दुईपटक अपडेट गर्दै १२ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  १ : २८ बजे

राहत वितरणमा पीडितको गोपनीयता कायम गर्न आग्रह

काठमाडौं– समाज कल्याण परिषद्ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत

इन्द्रजात्राको तयारी : मजिपा लाखे आजु र झ्यालिन्चाको मुखौटा निकालियो (तस्बिरहरू)

काठमाडौं– इन्द्रजात्राको तयारीस्वरूप एकादशीको अवसरमा सोमबार श्री मजिपा लाखे आजु र

होर्मुज जलडमरूमध्य नजिक नयाँ निषेधित क्षेत्र घोषणा गर्ने इरानको तयारी

काठमाडौं- इरानले होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्न खोज्ने पानीजहाजलाई लक्षित

धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

जनकपुरधाम– धनुषामा प्रहरीले १९७ ग्राम लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई

विपद् प्राधिकरणले भन्यो- रसुवा बाढीका भ्रामक सूचनाबाट सचेत रहनू

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीपछि