स्वास्थ्य मन्त्रालयले जारी गर्‍यो चाडपर्वका लागि जनस्वास्थ्य मापदण्ड | Khabarhub Khabarhub

स्वास्थ्य मन्त्रालयले जारी गर्‍यो चाडपर्वका लागि जनस्वास्थ्य मापदण्ड


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘चाडपर्व, जात्रा तथा उत्सवहरू मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्ड–२०७७’ जारी गरेको छ ।

‘आगामी दिनहरूमा प्रमुख चाडपर्व, जात्रा तथा उत्सवहरूको समय आउँदै गरेकोले कोभिड–१९ को सन्दर्भमा स्वास्थ्यका दृष्टिकोणले सुरक्षित बनाउँदै मनाउनुपर्ने बाध्यात्मक परिस्थितिलाई ध्यानमा राखेर जनस्वास्थ्य मापदण्ड जारी गरिएको’ मन्त्रालयले जनाएको छ ।

यो मापदण्डमा घरपरिवार र समुदायस्तरमा मनाइने सबै किसिमका चाडपर्व, जात्रा तथा उत्सवहरूलाई ध्यानमा राखेर विकास गरिएको र नेपालभर सबैलाई लागु हुने पनि मन्त्रालयले जनाएको छ ।

व्यक्ति र आयोजकले पालना गर्नु पर्ने दुई खण्डमा मापदण्ड बनाइएको छ ।

मन्त्रालयले सम्भव भएसम्म एकाघरका परिवारका सदस्यहरूमात्रै बसी चाडबाड तथा पर्वहरू मनाउन र सकेसम्म घर बाहिरको भेटघाटमा नजान भनेको छ । जानैपर्ने भए कम्तीमा २ मिटरको दूरी कायम गर्न, मास्क लगाउन साबुनपानीले हात धुन वा स्यानिटाइजर अनिवार्यरूपमा प्रयोग गर्न भनेको छ ।

खोक्दा र हाछ्युँ गर्दा रुमाल वा टिस्यु पेपर प्रयोग गर्न भनिएको छ । जथाभावी नथुक्न, सकेसम्म विद्युतीय माध्यमबाट आर्थिक कारोबार गर्न भनिएको छ ।

धार्मिक स्थलमा बढीमा २५ जनामात्रै भेला हुने व्यवस्था गर्न पनि भनिएको छ ।

मधुमेह, क्यान्सर, मुटुरोग, उच्च रक्तचाप, मिर्गौला र कलेजोसम्बन्धी समस्या भएका तथा दल लगायत श्वासप्रश्वास सम्बन्धी दीर्घ रोग भएका व्यक्तिहरूलाई घरबाहिर हुने भेलाहरूमा नजान भनिएको छ ।

धार्मिक कार्यक्रम तथा भेलामा भीडभाड व्यवस्थापनका लागि पर्याप्त जनस्वास्थ्यका सुरक्षासहित तालिम प्राप्त कर्मचारी वा स्वयंसेवकहरू व्यवस्था गर्न भनिएको छ । यसैगरी, कार्यक्रमस्थलको सरसफाइ र हरेक दिन कम्तीमा दुई पटक डिस्इन्फेक्ट गर्न पनि भनिएको छ ।

टीका र प्रसाद ग्रहणमा पनि सजग गराइएको छ । सकेसम्म प्रसाद तथा टीका वितरण नगर्ने, गर्नै परेमा स्वस्थ्य व्यक्तिले पञ्जा लगाएर प्याक गर्ने व्यवस्था मिलाउन र प्रसाद वा अन्य फलफूलहरू निश्चित व्यक्तिहरूले घरमै गएर बाँड्न मिल्ने व्यवस्था मिलाउन भनिएको छ ।
कार्यक्रमस्थलमा धुमपान, मद्यपान र सुर्तीजन्य पदार्थहरूको सेवन पूर्णरूपले निषेध गर्न भनिएको छ ।

हेर्नुहोस् मापदण्ड

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  २ : २९ बजे

बेनीको शिरमा बन्यो ‘रावण पार्क’

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका-५ पछैमा रावण पार्क निर्माण अन्तिम चरणमा

उपत्यकामा सार्वजनिक यातायात पर्याप्त छ तर व्यवस्थापनमा कमजोरी : महासंघ अध्यक्ष स्वाँर

काठमाडौं– नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष विजय बहादुर स्वाँरले काठमाडौं

नेपाल-भारत सीमा नाका बन्द हुने

बैतडी– भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको पञ्चायत निर्वाचनलाई मध्यनजर गर्दै

पहिरोले कागबेनी-कोरला सडक अवरुद्ध

मुस्ताङ– उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको जोमसोम–कोरला सडकअन्तर्गत

मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

महेन्द्रनगर– मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेस प्रदेशसभाबाट पारित