सेञ्चुरी बैंकद्वारा थ्रीडी सेक्योर भिसा डेबिट, क्रेडिट र ट्राभल कार्ड सेवा प्रारम्भ « Khabarhub

सेञ्चुरी बैंकद्वारा थ्रीडी सेक्योर भिसा डेबिट, क्रेडिट र ट्राभल कार्ड सेवा प्रारम्भ


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आफ्ना ग्राहकका लागि सधैँ उच्च गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध सेञ्चुरी कमर्सियल बैंक लिमिटेडद्वारा आइजेलियान्ट टेक्नोलोजिज इन्डियासँगको सहकार्यमा थ्रीडी सेक्योर सेवा प्रारम्भ गरेको छ।

उक्त सम्झौताअनुसार सेञ्चुरी कमर्सियल बैंकको भिसा डेबिट, क्रेडिट तथा ट्राभल कार्डबाट पैसा निकाल्न र सामान खरिद गर्नमात्र सीमित नभई अब यी कार्डहरुबाट विभिन्न अनलाइन माध्यमबाट पनि सजिलै र सुरक्षित रूपमा सामान खरिद गर्न सकिने बैंकले जनाएको छ।

थ्रीडी सेक्योर सेवामा ग्राहकहरुले कार्ड प्रयोग गर्दा वान टाइम पासवर्ड (ओपीटी) आफ्नो आधिकारिक मोबाइल वा ई–मेलमा प्राप्त गर्न सक्नेछन्।

थ्रीडी सेक्योर सेवामा कार्ड र ओपीटी दुवै आवश्यक पर्ने हुँदा कारोबार पूर्ण रूपले सुरक्षित हुन्छ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  १ : २७ बजे

जेन-जी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा कारागार कार्यालय जगनथदेवल, सुन्धाराबाट भागेका तीन

ख्रीष्टमसको पूर्वसन्ध्यामा ललितपुरको एसम्सन चर्चमा सन्ध्याकालीन प्राथना

काठमाडौं- इसाई धर्मावलम्बीले मनाउने ख्रीष्टमस पर्वको पूर्व सन्ध्यामा ललितपुरको एसम्सन

प्रधानमन्त्री कार्कीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट

काठमाडौं– नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूले प्रधानमन्त्री सुशीला

नसुध्रिएको त्रिवि : ‘लाइन होइन अनलाइन’ नारामुनि विद्यार्थी बस्छन् घण्टौं लाइन

काठमाडौं– बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय प्रवेश गर्नेबित्तिकै ग्लोबल