अनसनरत युवाहरुको मागमा गम्भीर बन्न कांग्रेसको आग्रह « Khabarhub

अनसनरत युवाहरुको मागमा गम्भीर बन्न कांग्रेसको आग्रह


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अनसनरत युवाहरुको मागमा गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै प्रवक्ता विश्व प्रकाश शर्माले युवाहरु अनशनमा बसेको बीस दिन पूरा भई सक्दा समेत संवाद र समाधानका लागि सरकार गम्भीर नदेखिनु दुखद भएको बताएका छन् ।

उनले युवाहरुका माग जायज रहेको बताउँदै तत्काल पूरा गर्न आग्रह गरेका छन् ।

‘विभिन्न माग राखेर राजधानीमै युवाहरू आमरण अनशनमा बसेका छन्। त्यही माग अघि सारेका छन् जो विगतदेखि दल र सञ्चार माध्यमहरुले उठाउँदै आएका थिए’ प्रवक्ता शर्माले भनेका छन्, ‘सरकार स्वयंले अघिल्लो अनशनमा स्वीकारेर गरेको सम्झौता पालना गर्न दबाब दिइरहेका छन्। तर अनशनमा बसेको बीस दिन पूरा भई सक्दा संवाद र समाधानका लागि सरकार गम्भीर नदेखिनु अत्यन्तै दुःखद छ।’

कोरोना विरुद्धको संघर्षमा युद्धस्तरमा कार्य गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुरुवात देखिनै विभिन्न सुझाव र माग अघि सार्दै आएको प्रवक्ता शर्माले स्मरण गराएका छन्।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ७ : ०६ बजे

रास्वपाको महत्वपूर्ण चार बुँदे सूचनामा के छ ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘पार्टी एकीकरण प्रक्रियाबाट जोडिएका

भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

भोजपुर– जिल्लामा लगाइएको हिउँदे आलुखेतीमा डढुवा रोगको सङ्क्रमण देखिएको छ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट– चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित दब्ल्याङको

एमाले महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित : जेनजीका माग पूरा गर्ने प्रतिबद्धता

काठमाडौं – नेकपा (एमाले)को बिहीबार सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि