सात ठूला फिल्म लिएर आउँदैछन् सलमान, थाहा पाउनुस् कुन-कुन हुन् « Khabarhub

सात ठूला फिल्म लिएर आउँदैछन् सलमान, थाहा पाउनुस् कुन-कुन हुन्


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सलमान खान बलिउडका सबैभन्दा व्यस्त मध्येका एक अभिनेता हुन् । उनी एक पछि अर्को फिल्म लिएर आउने गरेका छन् । सलमान पछिल्लो दिनमा दबंग ३ को सुटिङमा व्यस्त छन् । उनको फिल्म भारत बनेर तयार भएको छ । जो यसै बर्षको इदको अवसर पारेर रिलिज गर्ने तयारी गरिएको छ । यसका अलावा उनका कयौं यस्ता ठूला फिल्महरु आउने भएका छन् । जसको सूची हामी तपाईहरुमाझ प्रस्तुत गर्दै छौं ।

भारत

यो ड्रामा फिल्म हो । यसमा सलमान खान आफ्नो अलग्गै भूमिकामा देखा पर्ने छन् । फिल्मको निर्देशन अली अव्वास जफरले गरेका छन् । फिल्मको ट्रेलर सार्वजनिक गर्ने तयारी गरिएको छ । यसमा सलमानको अलावा कटरीना कैफ, दिशा पटानी, सुनील ग्रोबर, जेके श्राफ जस्ता हस्ती अभिनेताहरुको भूमिका रहेको छ ।

दबंग ३

हिट फ्रेन्चाइजी दबंगको तेस्रो पार्टको शुटिङ मध्य प्रदेशको महेश्वरमा शुरु भएको छ । फिल्मको निर्देशन प्रभु देवा गरिरहेका छन् । फिल्ममा सलमानसँग सोनाक्षी सिन्हा देखिनेछिन् । महेश्वरमा फिल्मको टाइटल सुट गरिएको छ । जसको केही तस्वीर समाजिक सञ्जालहरुमा भाइरल भएको छ ।

इंशाअल्लाह

सलमानले हालसालै घोषणा गरेका थिए की उनी सञ्जय लीला भन्सालीको फिल्म इंशाअल्लाहमा काम गर्नेछन् । यस बीचमा सलमानले बताएका थिए कि उनी २० वर्ष पछि भन्सालीसँग काम गर्न गइरहेका छन् । फिल्ममा उनीसँग आलिया भट्टा देखिने चर्चा चलेको भारतीय अनलाईहरुले जनाएका छन् । समाचारहरुका अनुसार यो प्रेम कथामा आधारित फिल्म हुनेछ ।

वेटरन

सलमान खानले एक अन्तर्वार्ताका क्रममा बताएका थिएकी उनी वेटरन फिल्मको हिन्दी रिमेकमा काम गर्नेछन् । यो एक दक्षिण कोरियन फिल्म हो । अतुल अग्निहोत्रीले फिल्मको राइट्स किनेका छन् । उनका अनुसार यो निकै राम्रो फिल्महो । भन्सालीको फिल्म पछि सलमानले यो फिल्ममा काम गर्न थाल्ने छन् ।

टाइगर जिंदा हे

एक था टाइगर तथा टाइगर जिन्दा है यो दुबै फिल्म बक्स अफिसमा हिट सावित भएका थिए । साउदी फिल्म फेस्टिवलमा सलमानले कटरीना उनको फेवरेट को स्टार भएको बताएका थिए र उनले भारत फिल्मपछि तेस्रो पार्टमा सँगै काम गर्ने जनाएका थिए ।

सूरज बडजात्याको फिल्म

प्रेम रतन धन पायो फिल्मको सफतापछि सलमानले सुरज बडजाल्याको एक अर्को फिल्ममा हस्ताक्षर गरेका थिए । एक अन्तर्वार्ताका क्रममा सुरजले बताएका थिए यो विषय । यो एक फेमेली ड्रामा भएको र यसमा एक्सनको पार्ट नभएको उनले बताएका थिए ।

किक–२

सलमान खानको किक २०१४ मा रिलिज भएको फिल्म हो । यसको सिक्वेल बनाउने घोषणा भएको थियो । यसको आधिकारिक घोषणा स्वयं साजिद नाडियाडले गत वर्ष मार्चमा गरेका थिए । ज्याक्लिन फर्नाडीजले आईएएनएस न्यूज एजेन्सीलाई दिएको जानकारी अनुसार किकको दोस्रो भाग बन्ने छ र त्यसमा उनी हुनेछिन् ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  ९ : ४९ बजे

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना