कोरोना संक्रमित बढेकोमा राष्ट्रपतिद्वारा चिन्ता « Khabarhub

कोरोना संक्रमित बढेकोमा राष्ट्रपतिद्वारा चिन्ता


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना संक्रमितको संख्या बढेकामा चिन्ता व्यक्त गरेकी छन् ।

शुक्रबार कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेल र अन्य मन्त्रीहरु सँगको भेटमा नेपालमा कोरोना संक्रमितको संख्या बढेकोमा चिन्ता व्यक्त गरेकी हुन् ।

उनले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेका निर्देशन र मापदण्ड पालना गर्न आग्रह गर्दै सबै सचेत हुनुपर्ने बताइन् ।

उपप्रधानमन्त्री पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोभिड-१९ महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले हालसम्म गरेका कामबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ । जसमध्ये १५ हजार ८१४ जना निको भएका छन् भने ७० जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ८ : २२ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका