कृषिजन्य वस्तुको निकासीमा गिरावट « Khabarhub

कृषिजन्य वस्तुको निकासीमा गिरावट


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम – नेपालबाट निर्यात हुने मुख्य कृषिजन्य वस्तुको निकासीमा भारी गिरावट आएको पाइएको छ ।

नेपालबाट निर्यात हुने मुख्य वस्तु अलैँची, चिया, अदुवामा ठूलो परिणाममा गिरावट आएको छ ।

अवैज्ञानिक खेती प्रणाली भएकाले उत्पादन कम हुनु, निकासीमा समस्या देखिनुजस्ता कारणले निकासीमा गिरावट आएको कृषि विज्ञहरूको भनाइ छ । कृषिजन्य पदार्थको निर्यात कम भएसँगै त्यसबाट मुलुकमा भित्रिने आम्दानी पनि घटेको देखिएको छ ।

वैदेशिक व्यापार प्रवद्र्धन केन्द्रको तथ्याङ्कअनुसार गएको आर्थिक वर्ष ०७५/७६ को तुलनामा आव ०७६/७७ मा नेपालबाट निकासी हुने अलैँची, चिया, अदुवाको परिणाम र आम्दानीमा गिरावट देखिएको छ भने जडीबुटीबाट बन्ने औषधिजन्य पदार्थको भने परिणाम र आम्दानी दुवैमा केही बढेको देखिएको छ ।

आव ०७५/७६ मा ५२ लाख ४० हजार ३२९ किलो अलैँची निर्यात भएकामा आव ०७६/७७ मा ५० लाख १२ हजार ६९४ किलोमात्र निर्यात भएको तथ्याङ्कले देखाउँछ ।

अलैँचीको निर्यात कम भएसँगै यसबाट प्राप्त हुने आम्दानीमा समेत ठूलो मात्रामा गिरावट आएको देखिन्छ । आव ०७५/७६ मा चार अर्ब २८ करोड ४१ लाख ९९ हजारको अलैँची निर्यात भएकामा गत आव ०७६/७७ मा चार अर्ब एक करोड ९२ लाख १४ हजारको मात्र निर्यात भएको तथ्याङ्कले देखाउँछ । गत आवमा छ दशमलव दुई प्रतिशतको परिणाममा गिरावट आएको हो ।

यसरी अलैँचीको परिणाम र आम्दानीमा गिरावट आउनुमा  चाहिँ अस्थिर बजार र असहज वाणिज्य नीति मुख्य कारण रहेको अलैँची व्यवसायी महासङ्घका केन्द्रीय सचिव मातृका घिमिरे बताउँछन् ।

यस्तै नेपालबाट निर्यात हुने कृषिजन्य पदार्थ चियाको समेत परिणाममा गिरावट आएको केन्द्रको तथ्याङ्कले देखाएको छ । आव ०७५/७६ मा एक करोड ५० लाख ४३ हजार ७९६ किलो चिया निर्यात भएकामा गत आवमा एक करोड ११ लाख ८५ हजार १९८ किलोमात्र निर्यात भएको देखिन्छ ।

आव ०७५/७६ मा रु तीन अर्ब २० करोड ३९ लाख आठ हजारको चियाबाट आम्दानी भित्रिएकामा गत वर्ष ०७६/७७ मा रु तीन अर्ब ७८ करोड २८ लाख ४१ लाखको मात्र देखिएको छ  ।

यसरी एकै वर्षमा चियाको निर्यात खस्किनुका कारण चाहिँ चियामा विवाद भइरहनु र भारतीय बजारको भर नहुने जस्ता कारण रहेको चिया उद्योगी तथा बिक्रेता उदय चापागाईंको भनाइ छ ।

चापागाईंका अनुसार सरकारले चियालाई आवश्यक पर्ने मल पनि उपलब्ध गराउन नसक्नु र बन्दाबन्दीकै कारण चिया निर्यात हुन नसकेको हो ।

यस्तै ठूलो परिणाममा भारत निर्यात हुने अदुवाको समेत परिणाम र आम्दानीमा समेत १४ दशमलव नौ प्रतिशत गिरावट आएको देखिन्छ । आव ०७५/७६ को मा एक करोड ४९ लाख १९ हजार १९५ किलो अदुवा निर्यात भएकामा गत आव ०७६/७७ मा घटेर ८८ लाख ४६ हजार ९३१ किलो निर्यात भएको तथ्याङ्कले देखाएको छ ।

यस्तै अदुवाबाट आव ०७५/७६ मा रु ५१ करोड २२ लाख ९६ हजारको आम्दानी भएकामा आव ०७६/७७ मा रु ४३ करोड ५७ लाख ७८ हजारको आम्दानी भएको देखिन्छ ।

एकै वर्षमा यति ठूलो मूल्यमा आम्दानी घट्नुका कारण खेती गर्ने वैज्ञानिक पद्धति नभएको अदुवा व्यवसायी मातृका घिमिरे बताउँछन् ।

वर्षेनी तापक्रम बढ्दै जाँदा मौसम फरक पर्ने तर माटोको परीक्षण नभई खेती गर्दा अपेक्षाकृत फाइदा लिन नसकिएको घिमिरेको भनाइ छ । पछिल्लो समय अदुवाका बोट कुहिने कारण पनि उल्लेखीय आम्दानी हुन नसक्दा निर्यात घटेको उनको भनाइ छ ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  १२ : ५३ बजे

राजीनामाको दबाबबीच रविलाई भेट्न बूढानीलकण्ठमा गृहमन्त्री सुधन

काठमाडौं- एकपछि अर्को विवादमा परेपछि राजीनामाको दबाबबीच गृहमन्त्री सुधन गुरूङ

उपराष्ट्रपति भान्स बुधबार मात्रै इस्लामावाद पुग्ने, इरानी सहभागिता अझै अनिश्चित

काठमाडौं- इरानसँग दोस्रो चरणको शान्ति वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी

पहाडकी रानी बन्दीपुर पर्यटनको आकर्षक गन्तव्य

गण्डकी– प्राचीन समयमा व्यापारिक नाकाका रुपमा पहिचान बनाएको बन्दीपुर अहिले

सरकारलाई हर्कको सुझाव- विद्यार्थीलाई सातामा ३ दिन किताब र ४ दिन श्रम सिकाऔँ

काठमाडौं–  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारलाई ३३ बुँदे

लक्सनले जोगाए नेतृत्व, चुनौती अझै कायम

एजेन्सी– लगातार घट्दो जनसमर्थन र पार्टीभित्र बढ्दो असन्तुष्टिबीच न्युजिल्यान्डका प्रधानमन्त्री